टेकु अस्पतालमा डेंगु जाँच गर्न आउनेकाे घुइँचाे (फाेटाे फिचर)
नाै दिनमा भेटिए एक हजार ३५० संक्रमित
काठमाडौं : नौ दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गराउनआउनेमध्ये एक हजार ३५० मा डेंगु रोगको संक्रमण भेटिएको छ।
याे अवधिमा अस्पतालमा स्वास्थ्य परीक्षण गराएका करिब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा डेंगु देखा परेको अस्पतातले जनाएको छ।

अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण गराउने बिरामीको संख्या अत्यधिक रूपमा बढिरहेको सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले बताए। उनका अनुसार अहिले स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गर्न भ्याइनभ्याइ भएको बताए।

सोमबारमात्रै ४४८ जनाले परीक्षण गराएका थिए। तीमध्ये ३११ जनामा डेंगु देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप बढेको बताइएको छ।

पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रूपमा नै देखा पर्न थालेको छ। अस्पतालमा बिरामी भर्ना गर्ने शय्या अभावसमेत रहेको छ। अस्पतालमा डेंगु रोगकाे बिरामीका लागि २४ शय्यामात्र रहेका छन्। अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवा सहज बनाएको जानकारी दिए।

‘अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ’, उनले भने, ‘क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेको छाैँ।’

डेंगुको संक्रमण अहिलेसम्म ४८ जिल्लामा देखा परेकाे मन्त्रालयले जनाएकाे छ। याे राेगका कारण देशभर अहिलेसम्म ६ जनाको मृत्यु भइसकेकाे छ।








अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’