अनशन निरन्तर, फोटो
काठमाडौं : चिकित्सा क्षेत्रको सुरधारका लागि डा. केसी अनसनमा बसेको शुक्रबार २१ दिन पुग्यो। उनको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएकाले त्रिवि शिक्षण अस्पतालमा उनको उपचारमा डाक्टर खटिएका छन्।
उनको मुटुको धड्कन कम बढी हुने, हाडजोर्नी दुख्ने, छातीमा पनि दुखाइ बढ्दै गएको डा. सिद्धार्थ भण्डारीले बताए। डा. केसी भने वार्ता सफल नभए सम्म कुनै पनि उपचार नलिने अडानमा छन्।
त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न नेता, कलाकार र विभिन्न पेशाकर्मी पुगेका थिए। बिहीबार बल प्रयोग गरी केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो।
यसैबीच आवासीय चिकित्सक संघले शुक्रबार पनि काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार