अनशन निरन्तर, फोटो
काठमाडौं : चिकित्सा क्षेत्रको सुरधारका लागि डा. केसी अनसनमा बसेको शुक्रबार २१ दिन पुग्यो। उनको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएकाले त्रिवि शिक्षण अस्पतालमा उनको उपचारमा डाक्टर खटिएका छन्।
उनको मुटुको धड्कन कम बढी हुने, हाडजोर्नी दुख्ने, छातीमा पनि दुखाइ बढ्दै गएको डा. सिद्धार्थ भण्डारीले बताए। डा. केसी भने वार्ता सफल नभए सम्म कुनै पनि उपचार नलिने अडानमा छन्।
त्रिवि शिक्षण अस्पतालमा उनलाई भेट्न नेता, कलाकार र विभिन्न पेशाकर्मी पुगेका थिए। बिहीबार बल प्रयोग गरी केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो।

यसैबीच आवासीय चिकित्सक संघले शुक्रबार पनि काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।










औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम