पहिलोपटक रक्तदान गर्दै हुनुहुन्छ?, जान्नैपर्छ यी कुरा
रक्तदान जीवनदान हो। एक व्यक्तिले रगत दिँदा अर्को व्यक्तिकाे ज्यान बच्नसक्छ। निश्चित अवधिमा शरीरमै नष्ट भएर जाने रगत दान गर्दा आफूलाई पनि फाइदा हुन्छ। तपाइँँ पहिलोपटक रक्तदान गर्ने सोचमा हुनुहुन्छ भने यी कुरा जान्नैपर्छ–
कम्तीमा १८ देखि बढीमा ६० वर्षसम्मका मानिसले रक्तदान गर्न सक्छन्। रक्तदान गर्नेको तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्छ। एकपटक रक्तदान गरेको तीन महिनापछि मात्र फेरि रक्तदान गर्न सकिन्छ।
रक्तदान गर्ने व्यक्तिलाई जण्डिस, औलो, मधुमेह, क्षयरोग, यौनरोग र एड्स लागेको हुनुहुँदैन।
मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ खाएका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन।
गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारीको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन।
रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा कम्तीमा १० प्रतिशत हुनैपर्छ।
रक्तदान गर्नुभन्दा तीन घण्टाअघि तागतिलो खानेकुरा खानु राम्रो हुन्छ । रक्तदानको समय फलफूलको ताजा रस पिउँदा पनि कमजोरी महशुस हुँदैन।
एजेन्सीकाे सहयाेगमा




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य