मधुमेह भएकाले यी पदार्थ कसरी खाने?
काठमाडाैं : राससले मंगलबार विज्ञहरूसँग कुराकानी गर्दै मधुमेह भएकाले के खाने?, के नखाने? र कति खाने? लगायत विषयमा सामग्री राखेकाे छ। प्रस्तुत छ, त्यसैकाे सम्पादित अंश–
मासु
राताे मासु अर्थात् राँगा वा खसीबाेकाको मासु (मटन) हप्तामा दुई दिन खान सकिन्छ। तर सेतो मासु भन्दैमा असन्तुलित रूपमा धेरै मासु खाएमा शरीरलाई हानि पुर्याउँछ।
घ्यू
घ्यू भातमा अलिकति राखेर खान सकिन्छ। घ्यूमा तारेर खानु हुँदैन। दिनमा एक चम्चा घ्यू खान सकिन्छ। तर फाइवर प्रशस्त भएको हरियो सागपात पनि खानुपर्छ ।
रोटी
आटाको रोटीमा अलि कति घ्यू लगाई खानाले सुगर घट्छ।
माछा
हप्तामा दुई दिन माछा पकाएर खान वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको सुझाव छ ।
अण्डा
अण्डाको पहेँलो भाग (कोलेस्ट्रोल) खान हुन्छ। पहेँलो भागसहितको एक अण्डा खान सकिन्छ। तर असन्तुलित रूपमा धेरै खान नहुने चिकित्सकको सल्लाह छ।
रसबरी
मधुमेह भएका मानिसले पनि मात्रा मिलाएर रसबरी खान मिल्छ। डा. रेग्मी भन्छन्, खानै नहुने भन्ने होइन।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड