बिहान चाँडै उठ्नुस्, पाउनुस् यस्ता फाइदा
बिहान अबेरसम्म सुत्ने मानिसहरूमा मोटोपना, मुटुरोग र मानसिक रोगजस्ता समस्या निम्तिन सक्छन्। समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।
विभिन्न अध्ययनअनुसार जो बिहान छिट्टै उठ्छन्, उनीहरूमा डिप्रेसनको सम्भावना पनि धेरै नै कम हुन्छ।अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राति धेरै बेरसम्म सुत्दैनन् उनीहरूमा डिप्रेसनको समस्या दुईगुणा बढी हुने बताइन्छ।
बिहान सबैरै उठ्नुका लाभ
ब्राह्म मुहुर्त अर्थात् सूर्य उदाउनुभन्दा डेढ घण्टापहिले उठ्नाको धेरै लाभ छन्। ढिलोसम्म सुत्ने मानिस यसबाट बञ्चित भइरहेका छन्।
बिहान चाँडै नै उठ्ने, घरबाट निस्केर थोरै समय हिँडडुल गर्ने र व्यायाम गर्ने वानीले धेरै लाभ लिन सकिन्छ।
बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले फोक्सो स्वस्थ हुन्छ। शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि अत्यावश्यक छ।
बिहान छिट्टै उठेर व्यायाम गर्ने मानिसमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ। शरीरमा रक्तसञ्चार पनि सन्तुलनमा रहन्छ। ब्लडप्रेसरको समस्या निम्तिँदैन।
बिहान छिट्टै उठेर योग र प्राणायाम गर्नाले मानसिक रोगहरू टाढा हुन्छन्। डिप्रेसन हुन पाउँदैन।
बिहानै उठेर हिँडडुल गर्नाले मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरूको आदानप्रदान हुन्छ। सामाजिक उत्तरदायित्व समेत बाेध हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण