Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी आउँछ गलगाँड

यसरी आउँछ  गलगाँड

हर्मोनको मात्रामा गडबडी आएर ग्रन्थी फुल्नुलाई गलगाँड भनिन्छ। गलगाँडलाई थाइराइड पनि भनिन्छ। यो सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ। गलगाँडले थाइराइड नामक हर्मोन उत्पादन गर्छ।

थाइराइड ग्रन्थीले थाइराइड हर्मोन आवश्यकताभन्दा बढी उत्पादन गरेमा घाँटीमा डल्लो देखिन्छ। थाइराइडले उत्पादन गर्ने टी–थ्री टी–फोर नामक हर्मोन अत्यधिक वृद्धि हुँदा गलगाँड हुन्छ। यसलाई मेडिकल भाषामा ‘हाइपर थाइराइडिजम’ भनिन्छ ।

शरीरमा आयोडिनको कमीका कारण थाइराइड हुन्छ। यसबाहेक टीएसएच नामक हर्मोनको वृद्धिकाकारण समेत यो समस्या उत्पन्न हुन्छ । यसलाई ‘हाइपोथाइराइडिजम’ भनिन्छ । थाइराइडमा पलाउने ट्युमरबाट गलगाँड हुन्छ।

गलगाँड हुँदा समान्यतया घाँटीमा गाँड देखापर्छ । हेर्दा प्रस्ट देखिने यस्तो गिर्खा ठूलो हुँदै गएमा विभिन्न समस्या देखापर्छ। स्वरमा समस्या आउनु, विभिन्न ग्रन्थीमा समस्या देखिनु, दुब्लाउनु, मुटुको धड्कन बढ्नु, रक्तचाप बढ्नु, भोक लाग्नु तथा अपच हुनुजस्ता लक्षण देखिन्छन् ।

रोकथाम 

गलगाँड  शरीरमा आयोडिन कमी हुँदा लाग्ने राेग हाे। त्यसकारण आयोडिन खानुपर्छ ।

न्युक्लियर र रेडिएसनको सम्पर्कमा रहने मानिसलाई थाइराइडको समस्या हुने कारण एक्सरे, रेडियो वा लाइट आदिमा काम गर्ने मानिसले विचार पुर्याउनुपर्छ ।

उपचार

विभिन्न जाँचबाट गलगाँड कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ। सामान्यतया १ सेन्टिमिटरभन्दा मुनिका गिर्खाले खासै असर गर्दैन।

६ महिनादेखि १ वर्षको अन्तरालमा गिर्खा बढेको पत्ता लगाउन जाँच गर्नुपर्छ। अरू ग्रन्थी सुन्निने र घाँटीमा समस्या देखापर्ने आदि लक्षण देखिएमा गिर्खामा क्यान्सर हुन सक्छ। त्यसैले समयमै जाँच गरी उपचार गर्नुपर्छ ।

औषधिको प्रयोगले गलगाँड निको पार्न सकिन्छ ।

थप समाचार