यसरी काम नलाग्ने हुन्छ मिर्गाैला, सचेत रहनुस्
मिर्गौला (किड्नी) को मुख्य काम रगतलाई छानेर टक्सिन (विषाक्त वस्तु)लाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो। मिर्गौलाले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थ सन्तुलित बनाएर राख्छ ।
कुनै कारणले मिर्गौलाले रगत फिल्टर गर्न वा फोहोर वस्तु बाहिर निकाल्न नसकेमा मिर्गौलाले काम गर्न नसकेको अर्थात् फेल भएको मानिन्छ। अस्तव्यस्त शहरी जीवनशैली र अस्वस्थ खानपानका कारण मिर्गौला काम नलाग्ने हुने बताइन्छ।
मिर्गौला फेल हुनुको मुख्य कारण हो उच्च रक्तचाप। रक्तचापका कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुको साथै मिर्गौलमा पनि असर पुर्याइरहेको हुन्छ। गलत खानपानले रक्तचाप बढाउँछ। यसको सोझो असर मिर्गौलामा पर्छ।
गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेह बढिरहेको छ। यदि मधुमेह नियन्त्रण गर्न सकिएन भने शरीरमा अत्यधिक ग्लुकोज जम्मा हुन्छ।मिर्गौलाले रगत फिल्टर गर्न सक्दैन। मिर्गौलामा विषाक्त पदार्थ जम्मा भइ काम नलाग्ने हुन सक्छ।
मिर्गौला फेल हुनुको एउटा कारण वंशाणुगत गुण पनि हो। यदि कुनै व्यक्तिमा मिर्गौलाको समस्या छ भने सन्तानमा पनि फेल हुने सम्भावना रहन्छ । अस्वस्थ जीवनशैली तथा अस्तव्यस्त दिनचर्या भएको व्यक्तिमा टक्सिनको मात्रा बढ्छ। मिर्गौलाले यी टक्सिन बाहिर निकाल्न सक्दैन। यसकारण फेल हुने सम्भावना बढ्छ। धूमपान र मद्यपान बढी गर्नेहरूमा पनि मिर्गौलाको समस्या हुन्छ।
सामान्यतया मिर्गौला ९० प्रतिशत फेल भएपछि मात्र लक्षण देखिन्छ। त्यसपछि डायलोसिस र प्रत्यारोपणकाे मात्र विकल्प बाँकी रहन्छ ।
व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।प्रत्येक वर्ष नियमित मिर्गौला परीक्षण गराएर समस्याबाट बच्न सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य