स्वास्थ्यका दृष्टिले यस्ताे महत्त्व छ कुशकाे
सनातन हिन्दु समाजमा भाद्र कृष्ण औँसीमा घरघरमा कुश भित्र्याउने परम्परा छ। कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा तथा पितृकार्यका लागि प्रयोग गरिन्छ।सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशबिना पूरा हुँदैन।
कुश औँसीमा बाहेक अरु दिन काट्न नहुने विश्वास गरिन्छ। कुनै पनि कार्यमा कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ।
आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको उल्लेख पाइन्छ। कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधि बन्छ। चर्म, रक्त, मूत्र र क्षयरोगलगायत रोगका लागि कुशबाट बनेका औषधिहरूको प्रयोग गरिन्छ।
कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा बताइएको छ। नवजात शिशुलाई खुवाउने दूध नआए आमालाई कुशबाट बनेको औषधि खुवाइन्छ।
कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन्। यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणलाई नाश गर्ने क्षमता राख्छ।
कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाउने अनुसन्धानले बताएको छ। ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड