Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

३० वर्ष पुगेका महिलाले अनिवार्य गराउनुपर्छ यी जाँच

३० वर्ष पुगेका महिलाले अनिवार्य गराउनुपर्छ यी जाँच

रक्तचाप

३० वर्ष पुगेपछि कतिपयको रक्तचापमा उतारचढाव आउँछ। रक्तचापमा गडबडी भए उच्च रक्तचाप हुने सम्भावना हुन्छ । त्यसैले समय–समयमा रक्तचाप जाँच गराइरहनुपर्छ। उच्च रक्तचाप भए पक्षघात, मुटुरोग, स्ट्रोक तथा हर्ट अट्याक हुने सम्भावना हुन्छ ।

पाठेघरको मुखको जाँच

महिलामा हुने पाठेघरको मुखको क्यान्सर पनि प्रमुख स्वास्थ्य समस्या हो। पाठेघरको मुखमा क्यान्सर भए–नभएको पत्ता लगाउन पाठेघरको मुखको ‘स्क्रिनिङ’ गराउनुपर्छ । स्क्रिनिङबाट पाठेघरको मुख तथा गर्भाशय सुन्निएको छ भने पनि पत्ता लाग्छ।

यसैगरी प्याम स्मेयर जाँचबाट पनि पाठेघरको मुखको क्यान्सर भए–नभएको थाहा पाइन्छ। ३० वर्षको उमेरपछि हरेक तीन वर्षमा एकपटक पाठेघरको मुखको जाँच गराउनुपर्छ।

थाइराइड

अहिले बदलिँदो जीवनशैलीका कारण धेरैमा थाइराइडको समस्या देखिने गरेको छ। एक्कासी तौल बढ्नु वा घट्नु, मनस्थितिमा परिवर्तन आउनु, तनाव हुनु पनि थाइराइडको लक्षण हुन सक्छ। ३५ वर्षमाथिका महिलालाई थाइराइड हुने सम्भावना बढी भएकाले थाइराइड पत्ता लगाउन रगत परीक्षण गराउनुपर्छ ।

कोलस्ट्रोल

विलासी जीवनशैली तथा गलत खानपानका कारण रगतमा उच्च कोलस्ट्रोलको समस्या देखापर्छ । यसले मुटुसम्बन्धी विभिन्न समस्या उत्पन्न गर्न सक्छ। त्यसैले वर्षमा एकपटक कोलस्ट्रोल जाँच गराउनुपर्छ।

मधुमेह

मधुमेह भए रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ। शरीरले खानालाई शक्तिमा परिणत गर्न नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अरू समस्या पनि निम्तिन्छन् । स्वस्थ मानिसले पनि वर्षमा एकपटक रगत परीक्षण गराउनुपर्छ।

स्तन क्यान्सर

अहिले कतिपय महिलामा स्तन क्यान्सर देखिँदै आएको छ। मेमोग्रामबाट स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ। खासगरी ४० वर्ष पार गरेका महिलाले प्रत्येक दुई वर्षमा एकपटक स्तनको म्यामोग्राम गराउन चिकित्सक सल्लाह दिन्छन् ।

थप समाचार