बढ्दै ‘कम्प्युटर भिजन सिन्ड्रोम’
काठमाडौं : सानाठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनन्दिन काम अचेल मोबाइल र कम्प्युटरमै हुन्छ। यी साधनका प्रयोगकर्ताहरूमा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ नामक नयाँ समस्या बढिरहेको चिकित्सकहरू बताउँछन्।
तिलगंगा आँखा अस्पतालका अनुसार दैनिक औसत आउने एक हजारजना बिरामीमध्ये २० प्रतिशत कम्प्युटर भिजन सिन्ड्रोम समस्याका छन्। यो समस्या भएका विद्यार्थी, किशोरकिशोरी, बैंकमा काम गर्ने कर्मचारी तथा पेशागत समूह छन्।
दैनिक ६ देखि ८ घण्टाभन्दा बढी समय मोबाइल या कम्प्युटरमा काम गर्छन्, उनीहरूमा यो समस्या आउँछ। नजिकको चिज हेर्ने बेलामा आँखाका ६ वटा मांसपेशीले काम गरिरहेका हुन्छन्। अर्थात् दायाँ र बायाँ आँखा गरी १२ वटा मांसपेशीले काम गरिरहेको हुन्छ।
यिनै मांसपेशीको सहयोगले आँखाले दायाँ, बायाँ, तलमाथि गरी हेर्ने काम गर्छ। यो प्रक्रियालाई ‘स्ट्रेरोप्सिस’ भनिन्छ। नजिकको चिज हेर्ने बेलामा यसले आँखालाई नजिक ल्याउँछ। लामो समयसम्म काम गर्दा ती मांसपेशीमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिन्छ।
यो सिन्ड्रोम भएमा आँखाबाहिर निस्कन खोजेजस्तो, आँखाको डल्लो बाहिर निस्कने खोजेजस्तो, टाउको दुख्ने, एउटै वस्तु दुईटा देखिने, उज्यालोमा अप्ठ्यारो भएजस्तो, आँखा सुक्खा हुने, आँखा चिम्म गरेर बस्न मन लाग्नेजस्ता समस्या देखिन्छन्।
यो समस्याको समयमै व्यवस्थापन नभएमा लामो समय सताउने चिकित्सक बताउँछन्। यसका लागि केही थेरापी अपनाउनु पर्छ। यो थेरापीअन्तर्गत ‘रुल अफ सिक्स्टी’ सूत्र प्रतिपादन भएको छ। जसमा ६० मिनेट निरन्तर कम्प्युटरमा काम गरेपछि ६० सेकेन्ड आराम गर्ने र ६० मिटर टाढा बस्नुपर्छ। यदि दुई घण्टा निरन्तर काम गरेको अवस्थामा पाँचदेखि सात मिनेट आराम गरी ३० मिटर टाढा बस्नुपर्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?