यसरी जोगिनुस् मस्तिष्काघातबाट
मस्तिष्कमा रहेका धमनी फुटेर रक्तस्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्त्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्काघात हो।
यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ। मस्तिष्काघात धरै किसिमका हुन्छन्। स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टीआईए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।
मस्तिष्काघात भएको साढे चार घण्टाभित्र उपचार गर्न सके विकलांग हुनबाट बच्न सकिन्छ। अर्थात् जतिसक्दो चाँडो अस्पताल पुर्याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ। मस्तिष्काघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ।
बच्ने कसरी?
मुटुरोग भएका व्यक्तिमा मस्तिष्काघात हुने जोखिम हुन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ । ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ। जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ।
धूमपान, मद्यपान आदि पनि मस्तिकघातका कारक हुन्।
सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ। धेरै तनाव लिनुहुँदैन।
मोटोपन भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरेर तौल घटाउने प्रयास गर्नुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण