Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी जोगिनुस् मस्तिष्काघातबाट

यसरी जोगिनुस् मस्तिष्काघातबाट

मस्तिष्कमा रहेका धमनी फुटेर रक्तस्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्त्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्काघात हो।

यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ। मस्तिष्काघात धरै किसिमका हुन्छन्। स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टीआईए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।

मस्तिष्काघात भएको साढे चार घण्टाभित्र उपचार गर्न सके विकलांग हुनबाट बच्न सकिन्छ। अर्थात् जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ। मस्तिष्काघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ।

बच्ने कसरी?

मुटुरोग भएका व्यक्तिमा मस्तिष्काघात हुने जोखिम हुन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ । ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ। जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ।

धूमपान, मद्यपान आदि पनि मस्तिकघातका कारक हुन्।

सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ। धेरै तनाव लिनुहुँदैन।

मोटोपन भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरेर तौल घटाउने प्रयास गर्नुपर्छ ।

 

थप समाचार