‘एलर्जी’ र ‘डिप्रेसन’काे सम्बन्ध

‘एलर्जी’ र ‘डिप्रेसन’काे सम्बन्ध

नाकमा ‘एलर्जी’ हुँदा हाच्छिउँ आउने, नाकबाट निरन्तर पानी बग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र टाउको दुख्ने जस्ता समस्या देखिन्छन्। रोचक कुरा के छ भने यो समस्या डिप्रेसन, र आत्महत्यासँग पनि जोडिएको हुन्छ। एलर्जी हुँदैमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ हुन्छ भन्ने त होइन तर यो समस्या भएको व्यक्ति जोखिममा हुन्छ।

यस किसिमको एलिर्जी भएको व्यक्तिमा धेरैजसो नकारात्मक भावना आउने हुन्छ। एक–दुई दिन नकारात्मक भावना आउँदा ‘मुड’ खराब हुने भन्ने चाहिँ पक्कै होइन तर धेरैजसो समयमा नकारात्मक भावना आउँदा व्यक्तिको ‘आउटलुक’ र व्यवहारमा भने अवश्य खराबी आउँछ।

एलर्जीसँग लड्दा जिन्दगी समाप्त हुने होइन बरु अस्वस्थ महसुस भए पनि आफ्नो दैनिकी सामान्य रुपमा अगाडि बढाउनु पर्छ। एलर्जीको अवस्था हेरेर काममा कमी भने आउन सक्छ।

केही व्यक्तिहरू एलर्जीलाई डिप्रेसन र एन्जाइटीसँग जोड्दैनन् तर डिप्रेसनको मुख्य कारण भनेको नै स्वास्थ्यमा कमजोरी र तनावपूर्ण घटना नै हो। एलर्जी ठूलो रोग त होइन तर दिनहुँ बिरामी हुँदा डिप्रेसनतिर लैजान भने सक्छ।

सामान्य डिप्रेसन र एन्जाइटी आफैँ ठीक हुनसक्छ। नभएको खण्डमा चिकित्सकको परामर्श लिन सकिन्छ। ‘साइकोथेरापी’, ‘एन्टिडिप्रेसेन्ट मेडिकेसन’ जस्ता उपचारको मद्दत पनि लिन सकिन्छ।

घरमा बसेर गर्न सकिने निम्न पद्धतिद्वारा पनि डिप्रेसन न्यून गर्न सकिन्छ–

ध्यान गर्ने,

गहिरो साास फेर्ने,

शारीरिक व्यायाम गर्ने,

पर्याप्त मात्रामा सुत्ने र

स्वस्थकर खानेकुरा खाने।

एलर्जीको भए यसको उपचार गरेर पनि डिप्रेसन कम गर्न सकिन्छ। एलर्जीले ‘साइटोकिन्स’ भनिने ‘इन्फ्लामेटरी प्रोटिन’ उत्पादन गर्छ जसले मस्तिष्कमा नकारात्मक असर पार्छ र दुःखीपना र डिप्रेसन पनि निम्त्याउँछ।

औषधीसँगै पर्याप्त सुत्ने, मालिस र व्यायाम गर्दा र खानेकुरा जस्तै हरियो सागपात, ‘बेरी’, बदाम, अदुवा र ‘ग्रिन टि’ आदि खाँदा पनि ‘इन्फ्लामेसन’ कम गर्न सकिन्छ।

जीवनशैली परिवर्तन गर्दा पनि डिप्रेसनको जोखिमबाट बच्न सकिन्छ–

आफू बस्ने, सुत्ने ठाउँ सफा राख्ने,

बहिरी प्रदूषणबाट बच्न झ्याल, ढोका बन्द राख्ने,

सुगन्धित सामग्री जस्तै ‘लोसन’, ‘पर्पफ्युम’ आदिको प्रयोग नगर्ने,

सरसफाइ गर्दा मुख छोप्ने,

नाक सकेसम्म खुल्ला राख्न कोशिश गर्ने र

घाँटीमा भएको कफ पातलो बनाउन तातो पेय पदार्थ बढी खाने।