Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नौ लक्षण : जसले बूढो भएको संकेत गर्छ

नौ लक्षण : जसले बूढो भएको संकेत गर्छ

बुढ्यौली यस्तो प्रक्रिया हो जुन सबैमा हुन्छ। कसैमा यो ढिलो देखिन्छ भने कसैमा चाँडै। यो सबै मानिसमा कम अथवा बढी देखिन्छ र यसको श्रेय मानिसले अपनाउने जीवनशैलीलाई जान्छ। बुढ्याैली लागेकाे संकेत गर्ने नाै लक्षण–

डीएनएको क्षति

हाम्रो डीएनए एक किसिमको ‘जेनेटिक कोड’ हो जुन कोशिकाको बिचमा संरचित हुन्छ। उमेर बढ्दै जाँदा जेनेटिक कोडको संरचनामा गडबडी हुन थाल्छ। विस्तारै यो कोशिकामा भण्डारण हुन थाल्छ। यो अस्थिरता बढ्दै जाँदा क्यान्सरको खतरा पनि बढ्छ।

क्रोमोजाेममा कमजोरी

प्रत्येक डीएनएको अन्तिम भागमा क्याप जस्तो संरचना हुन्छ,जसले क्रोमोसोमलाई सुरक्षित राख्छ। यसको जुत्ताको फित्ता जस्तो संरचना हुन्छ जसमा फित्ताको अन्तिम भागमा प्लास्टिकको टिप लागेको हुन्छ। यसलाई टेलोमर्स भनिन्छ। जब बुढो हुँदै गइन्छ त्यसपछि क्याप जस्तो संरचना हराउँदै जान्छ र क्रोमोजोमको सुरक्षा खुकुलो हुँदै जान्छ। विज्ञहरुका अनुसार जब टेलोमर्सको संरचनामा गडबडी हुन्छ, त्यसपछि रोगहरु लाग्ने खतरा बढ्छ।

कोशिकाको व्यवहारमा परिवर्तन

हाम्रो शरीरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ जसलाई डीएनए एक्सप्रेसन भनिन्छ, जसमा कुनै एक कोशिकामा हुने हजारौँ जिन्सले त्यो कोशिकाले के गर्ने भन्ने निर्णय गर्छ। मतलब त्यो कोशिकाले अनुहारको कोशिकाको जस्तो वा मस्तिष्कको जस्तो कोशिकाको रूपमा काम गर्ने। तर हाम्रो जीवनशैलिले कोशिकाको व्यवहार पनि परिवर्तन गर्न सक्छ। यो अवस्थामा कोशिकाले आफ्नो भन्दा छुटै व्यवहार गर्न सक्छ।

कोशिकाको नविकरणको क्षमता घट्नु

हाम्रो कोशिकामा केही क्षति हुनबाट बच्न शरीरमा यसको नविकरणको क्षमता हुन्छ। तर बढ्दो उमेर सँगसँगै यो क्षमता कम हुँदै जान्छ। यो कोशिकाले बेकार वा हानिकारक प्रोटिन जम्मा गर्न थाल्छ जुन अल्जाइमरको कारण पनि बन्न सक्छ। कतिपय अवस्थामा पार्किसन् र मोतियाबिन्दुको खतरा पनि बढाउँछ।

कोशिकामा मेटाबोलिजमको नियन्त्रण हराउनु

बढ्दो उमेरसँगै कोशिकाको बोसो र चिनीको मात्रा सोस्ने शक्ति कम हुँदै जान्छ। यो अवस्थामा मधुमेहको खतरा पनि हुन्छ। धेरै जस्तो मधुमेहको कारण यही नै हुन्छ।

माइटोकोन्ड्रियाले काम गर्न बन्द गर्नु

माइटोकोन्ड्रियाले शरीरमा उर्जा प्रदान गर्ने काम गर्छ तर समय सँगै यसमा आफ्नो क्षमता हराउँदै जान्छ र बुढ्यौलीमा हुने कमजोरीको समस्या सुरु हुन्छ।

कोशिका नमरे पनि काम बन्द हुनु

जब कोशिकामा जटिल चोट आउँछ त्यसपछि यसले काम गर्न बन्द गर्छ तर मरेको हुँदैन। यो किसिमको कोशिकाले आफ्नो नजिकको कोशिकालाई पनि संक्रमणमा पार्न थाल्छ र विस्तारै शरीर सुन्निन थाल्छ। यस्तो कोशिका बढ्दो उमेरसँगै बढ्दै जान्छ।

स्टेम कोशिकाले आफ्नो क्षमता गुमाउनु

बढ्दो उमेरसँगै कोशिकाको नविकरण क्षमता घट्छ। स्टेम कोशिकाहरु थाक्न थाल्छन्। स्टेम कोशिकाको नविकरण ले बढ्दो उमेरको लक्षण हन्छ।

कोशिकाहरू सम्पर्कविहीन हुनु

कोशिकाहररू सामान्यतय एकअर्काको सम्पर्कमा हुन्छन् तर बढ्दो उमेरसँगै कोशिकाको सम्पर्क घट्दै जान्छ। कोशिकाहरूको सम्पर्क नभएपछि शरीर सुन्निन थाल्छ।

थप समाचार