चुरोट सेवन बन्द गर्दा हुने फाइदाहरू
चुरोटको सेवन बन्द गरेकाे बेलादेखि नै स्वास्थ्यलाभ हुन थाल्छ। हृदयाघात र मष्तिष्काघातको सम्भावना चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ।
यसले तपाइँलाई अन्य स्वास्थ्यलाभ पनि हुन्छ। क्यान्सर र फोक्सोसम्बन्धी रोगकाे सम्भावना पनि घटाउँछ। चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजत्तिकै हुने केही अध्ययनहरूले देखाएका छन्।
ब्रिटेनका चिकित्सकहरूले गरेकाे ५० वर्षकाे एउटा रोचक अध्ययनअनुसार चुरोट बन्द गरेको बेलाको उमेर ३५ देखि ४४ वर्षसम्को बिचमा हुँदा चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने चिकित्सकहरू उत्तिकै वर्षसम्म बाँचे।
त्यसैले पहिला जति चुरोटको सेवन गरेको भए पनि यसलाई बन्द गर्न कहिल्यै ढिला हुँदैन।
सुर्तीजन्य पदार्थमा करको दरमा वृद्धि गरियोस् : एक्सन नेपाल
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित