Health TV Online
Health TV Online

चुरोट सेवन बन्द गर्दा हुने फाइदाहरू

चुरोट सेवन बन्द गर्दा हुने फाइदाहरू

चुरोटको सेवन बन्द गरेकाे बेलादेखि नै स्वास्थ्यलाभ  हुन थाल्छ। हृदयाघात र मष्तिष्काघातको सम्भावना चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ।

यसले तपाइँलाई अन्य स्वास्थ्यलाभ पनि हुन्छ। क्यान्सर र फोक्सोसम्बन्धी रोगकाे सम्भावना पनि घटाउँछ।  चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजत्तिकै हुने केही अध्ययनहरूले देखाएका छन्।

ब्रिटेनका चिकित्सकहरूले गरेकाे ५० वर्षकाे एउटा रोचक अध्ययनअनुसार चुरोट बन्द गरेको बेलाको उमेर ३५ देखि ४४ वर्षसम्को बिचमा हुँदा चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने चिकित्सकहरू उत्तिकै वर्षसम्म बाँचे।

त्यसैले पहिला जति चुरोटको सेवन गरेको भए पनि यसलाई बन्द गर्न कहिल्यै ढिला हुँदैन।

थप समाचार