Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उत्तर प्रदेशमा आँधी र चट्याङ, १५ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधी र चट्याङ, १५ जनाको मृत्यु

भारतको उत्तर प्रदेशका अधिकांश क्षेत्रमा बढेकाे गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मौसम विभागका अनुसार मंगलबार  राज्यको पूर्वी क्षेत्रमा भने धुले आँधीका कारण जनजीवन प्रभावित भयो । केही ठाउँमा पानी पनि परेको छ ।

मंगलबार राति आएको धुले आँधी तथा चट्याङ लागेर उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको एक सरकारी अधिकारीले बताएका छन् । यस्तै घटनामा अरु १० जना घाइते भएका छन् ।

मंगलबा राति उन्नाव जिल्लामा ६, रायबरेलीमा तीनजना तथा कानपुर, पीलीभीत र गोण्डामा दुई दुई जनाको ज्यान गएको उत्तर प्रदेशका अधिकारी सञ्जय कुमारले बताएका छन् । यस्तै चट्याङका कारण उन्नावमा पाँच, रायबरेलीमा दुई तथा कानपुरमा दुईजनाको ज्यान गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार