Health TV Online
Health TV Online

मेडिसिटी अस्पतालमा बाल सघन उपचार कक्ष

मेडिसिटी अस्पतालमा बाल सघन उपचार कक्ष

काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले बाल सघन उपचार कक्ष (पीआइसीयू)सञ्चालनमा ल्याएको छ।

२४ सै घण्टा सञ्चालनमा रहने सघन उपचार कक्ष अस्पतालका चिकित्सकहरूले बुधबार उद्घाटन गरे।

अस्पतालका महाप्रबन्धक विजय रिमालले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको पीआईसीयू सञ्चालनमा ल्याएको बताए।

बालरोग विशेषज्ञ डा. आन्या शर्माले यसले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बताइन्।

पीआईसीयूमा हाल १० बेडको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जिल्ला अस्पतालमै औषधि अभाव

जिल्ला अस्पतालमै औषधि अभाव

रुकुम पूर्व : जिल्ला अस्पतालमा औषधि अभाव भएको छ। जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन्।

जिल्लाको सिस्ने गाउँपालिका ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्छन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकलतिर धाउने गरेका छन्।

सतत्तरौँ जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गत मंसिर ५ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला अस्पताल उद्घाटन गरेका थिए। स्वास्थ्यसम्बन्धी सबै सेवा सुविधा जिल्लामै पाइने आशमा हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्किन बाध्य परेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिका– ७ की सुनिता पुनले जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो पोखिन्।

अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुम पूर्वका प्रमुख डा. राजेन्द्र जिसीले बताए। स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनको भनाइ छ।

अस्पातालमा ५० प्रतिशत औषधि अभाव रहेको डा. जिसीले बताए। ‘औषधि खरिदका लागि छुट्याइएको ३०\३२ लाख बजेट प्राविधिक गडबडीका कारण भवन निर्माणका लागि भनेर आएको थियो। ‘अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु’, उनले भने, ‘तर त्यति रकमको औषधिले पनि पुग्दैन।’

स्वास्थ्यौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन्, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, सलामी चराउने बोतल लगायतका औषधि नभएको उनले बताए। त्यसैगरी आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनको दाबी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुत्केरी हुँदा श्रीमान् सँगै रहनुपर्ने

सुत्केरी हुँदा श्रीमान् सँगै रहनुपर्ने

शिशु कसरी जन्माउने? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेसन) मार्फत। नेपालमा गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले प्राथमिकता पाइरहेको छ।

स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन्। उनको साथमा आमा, सासू, दिदीबहिनी अन्य महिला नै हुन्छन्। कतिपय देशमा श्रीमानको अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन्। श्रीमानलाई साथमा राखेर सेवा दिन्छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दैछ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले यो अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो।

प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूतिगृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन। सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन्। पुरुषलाई निषेध छ। परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन्।

प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर स्थापना गर्न लागेको जानकारी दिइन्। ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उहाँले जानकारी दिइन्। अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ।

‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो’, गौतमले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई तालिम

नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मीलाई तालिम

सुर्खेत : नवजात शिशु तथा मातृ मृत्युदर घटाउन कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विशेष ‘मास्टर प्रशिक्षक कोर्ष’ तालिम दिइएको छ। विभिन्न जिल्लामा कार्यरत ८० स्वास्थ्यकर्मीले चारदिने तालिम पूरा गरेका हुन्।

अत्यधिक रक्तश्रावले सुत्केरी अवस्थामा आमाको र निस्सासिएर शिशुकाे मृत्युबाट जोगाउने ध्येयले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, सफा सुनौलो नेपाल र ल्याटर–डे–च्यारिटिजको संयुक्त तत्वावधानमा यहाँ तालिम सञ्चालन गरिएको हाे।

कर्णालीका १० जिल्लासहित दाङ, बाँके र बर्दियामा कार्यरत नर्स तथा अनमीले तालिम लिएकोे सफा सुनौलो नेपालका सचिव राकेश हमालले जानकारी दिए। सहभागीलाई सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्य सुरक्षित राख्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

प्रमुख प्रशिक्षक डा. माइकलले तालिम कर्णालीका लागि कोशेढुङ्गा सावित हुने र तालीम लिएका स्वास्थ्यकर्मीबाट आमा तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने बताए। ल्याटर–डे–च्यारिटिजका कन्ट्री डाइरेक्टर भोन्डेन वर्गले प्रशिक्षक कोर्ष प्राप्त गर्ने सबै स्वास्थ्यकर्मीलाई इमान्दार एवं लगनशील भएर काम गर्नुका साथै प्रशिक्षक कोर्षबाट सिकेका कुरा अरुलाई सिकाउन आग्रह गरे।

कर्णालीको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआउँदा विगत तीन वर्षमा यहाँका १९५ महिला तथा गतवर्ष १४३ नवजात शिशुको मृत्यु भएको थियो । राष्ट्रिय औसतमा प्रतिएकहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ हुँदा कर्णालीमा २९ रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरसको त्रास : चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

कोरोना भाइरसको त्रास : चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको संक्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगन गर्ने निर्णय गरेको छन्।

कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ।

कोरोना भाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान शहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान शहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्।

नयाँ वर्षको बिदा

त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्किन्छन्।

कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको बताइएको छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

‘जनस्वास्थ्य आपतकाल’बारे थप छलफल

उनले भने, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचार विमर्श नगरी त्यसो गर्नु उचित हुँदैन।’

उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए। कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ।

त्यसका संक्रमितहरू चीन र उसका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेका छन्।

बीबीसी नेपालीबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काठमाडौ‌ं नेचुरोपेथी अस्पतालमा एनआरएनएलाई छुट

काठमाडौ‌ं नेचुरोपेथी अस्पतालमा एनआरएनएलाई छुट

काठमाडौं  : बसुन्धरास्थित काठमाडौ‌ं नेचुरोपेथी अस्पताल गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदबीच गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ।

बालुवाटारस्थित परिषद्को केन्द्रीय कार्यालयमा बुधवार भएको सम्झौतामा अस्पतालका अध्यक्ष गणेश पाण्डे र संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीबीच हस्ताक्षर भएको हो।

सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए।

अस्पतालमा प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योग थेरापी, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार हुने गरेको मेडिकल निर्देशक डा. यञ्जन गैह्रेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी समस्यामा प्रभावकारी अकुपञ्चर उपचारपद्धति

यी समस्यामा प्रभावकारी अकुपञ्चर उपचारपद्धति

अचेल व्यस्तता र भागदौडबीच शरीरको ख्याल नगर्ने प्रवृत्तिका कारण मानिसहरूमा शरीरको विभिन्न भागमा दुखाइ, नसा र हाडसम्बन्धी समस्या अधिक देखिने गरेको छ। यस्ता समस्या निर्मूल पार्ने उपचारपद्धति हो, अकुपञ्चर।

आयुर्वेद वा प्राकृतिक चिकित्साजस्तै ‘साइड इफेक्ट’ नगर्ने भएकाले अहिले यसप्रति आकर्षण बढेको छ। नेपालमा मात्र होइन अमेरिका, अष्ट्रेलिया र बेलायतजस्ता मुलुकमा पनि अकुपञ्चर उपचारपद्धति लोकप्रिय छ।

अकु र पञ्चर गरी दुई शब्द मिलेर अकुपन्चर बनेको छ। अकु भनेको तिखो सियो हो। र पञ्चरको अर्थ छेड्ने काम। शरीरका बाहिरी अंग (विशेषतः छाला) मा सियो वा तिखो वस्तुले ‘बोधन’ गरिने उपचारलाई अकुपञ्चर चिकित्सा पद्धति भनिन्छ। यो चिनियाँ उपचार पद्धति हो।

अकुपञ्चर उपचारपद्धति अनुसार मानव शरीरमा एक प्रकारको शक्ति हुन्छ। अकुपञ्चरको भाषामा यसलाई ‘चि’ भनिन्छ। जब शरीरमा चिको फ्लो अवरोधविना हुन्छ, त्यो अवस्थामा हामी स्वस्थ रहन्छौँ। जब शरीरमा चिको फ्लोमा अवरोध पुग्छ, तब स्वास्थ्यमा विभिन्न समस्या आउँछ। त्यो समयमा तिखो वस्तुले छेउको प्वइन्टलाई छेडदा चि फेरि लगातार हुन थाल्छ र हामी रोगबाट छुटकारा पाउन सक्छौँ।

अकुपञ्चर विधिबाट उपचार गर्दा छालाको निश्चित स्थानमा तिखो सुई प्रयोग गरिन्छ। त्यस्ता अकुपञ्चरको धेरै प्वइन्ट हुन्छन्। प्रत्येक ‘मेरिडियन’मा धेरै प्वइन्ट हुन्छन्। रोगको प्रकृति मध्यनजर गरी निडल हालेर उपचार गरिन्छ। अकुपञ्चर उपचारपद्धति यी समस्यामा प्रभावकारी हुन्छ–

टाउको दुखाइ (माइग्रेन)

ढाड दुख्ने

गर्दन दुख्ने

प्यारालाइसिस

रुघाखोकी, दम

कम्मर दुखेको

नसाको समस्या

बाथ वा जोर्नीको दुखाइ

यी रोगका साथै रोगप्रतिरोधी क्षमता वृद्धि गर्न पनि अकुपञ्चर उपचारपद्धति प्रभावकारी मानिन्छ।

कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत प्राकृतिक चिकित्सक डा. गिता केसीसँगकाे कुराकानीमा आधारित।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूप छिटै : मन्त्री ढकाल

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूप छिटै : मन्त्री ढकाल

कैलाली : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जिल्लाको गेटामा निर्माणाधीन मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा चाँडो निर्णय गर्ने बताएका छन्।

निर्माणाधीन मेडिकल कलेजका संरचनासम्बन्धी कामको निरीक्षण गर्दै मन्त्री ढकालले स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने बताए।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्न सकिने तर्क गरे।

कार्यकारी निर्देशक भीमबहादुर साउदले एक वर्षभित्र कलेजले अस्पताल सञ्चालन गरिसक्ने गरी काम तीव्र पारिएको बताए। उनले अहिलेसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक निर्माण पूरा भइसकेको जानकारी दिए।

चालू वर्षमा कलेजका सबै कामका लागि एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । नेपाल सरकारले यो कलेज सञ्चालनको प्रारुपका बारेमा विधेयक तयार पारेर कानूनी परामर्शसमेत गरिरहेको बताइएको छ।

सरकारले २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण भने तीन वर्षअघिदेखि मात्रै शुरु गरिएको थियो ।

निर्माणस्थलमा अस्पताल, कलेज, दुई छात्रावास, प्रशासनिक भवन, चिकित्सक र कर्मचारीका लागि आवासगृहलगायत संरचना निर्माणधीन छन्। गेटा मेडिकल कलेज ६०० शय्याको हुने बताइएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरसको त्रास : वुहानभित्र र बाहिर यात्रा नगर्न चीनको आह्वान

कोरोना भाइरसको त्रास : वुहानभित्र र बाहिर यात्रा नगर्न चीनको आह्वान

चीनका अधिकारीहरूले मानिसहरूलाई वुहान शहरतर्फ र त्यहाँबाट बाहिर यात्रा नगर्न आह्वान गरेका छन्।

वुहान पछिल्लो भाइरसको संक्रमणको केन्द्रमा रहेको चिनियाँ शहर हो। सो भाइरसका कारण हालसम्म नौ जनाको ज्यान गएको बताइएको छ।

झण्डै ९० लाख जनसंख्या भएको वुहानका बासिन्दालाई भिडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न भनिएको छ।

उक्त कोरोनाभाइरस वुहानबाट अन्य चिनियाँ प्रान्तहरू एवं संयुक्त राज्य अमेरिका, थाइल्याण्ड र कोरियामा समेत फैलिएको छ।

नयाँखाले भाइरसबाट संक्रमितको संख्या ४४० पुगेको पुष्टि भएको छ। अधिकारीहरूले चीन उक्त भाइरस संक्रमणको रोकथाम र नियन्त्रणको ‘सबैभन्दा संवेदनशील चरणमा’ रहेको स्वीकार गरेका छन्।

यसै हप्ता चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको थियो।

वैज्ञानिक भाषामा २०१९ एन सीओभी भनिएको उक्त भाइरस कोरोनाभाइरस वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन।

सन् २००० को दशकको आरम्भतिर संसारभरी झण्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो।

नयाँ भाइरस संक्रमणको संकेतहरूमा श्वासप्रश्वाससम्बन्धी लक्षण, ज्वरो, खोकी, श्वास नपुग्ने र श्वास फेर्न कठिनाइ हुने लगायतका पर्दछन्।

भाइरस कति छिटो फैलिँदै छ?

यो बारेमा यसै हो भनेर भन्न सकिने अवस्था छैन तर चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन चीनभित्र करोडौँ मानिसहरू एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा अवस्था चर्किन सक्छ।

हजारौँ चिनियाँहरू विदेश यात्रामा पनि छन्। चिनियाँ अधिकारीहरूले रोगको संक्रमण फैलन नदिन कडा उपायहरू अपनाइएको बताएका छन्।

त्यस्ता उपायमा वुहानबाट बाहिरिने सबैको ज्वरो मापन गर्ने र सार्वजनिक परिवहनका ठूला केन्द्रहरूमा निर्मलीकरण र उचित हावा प्रवाहको व्यवस्था गर्ने छन्।

वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ। र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले बजारहरूमा छड्के कारबाही गरिरहेको छ।

वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न मानिसहरूलाई आह्वान गरेका छन्।

कहाँ कहाँ भाइरसको संक्रमण छ?

यो नयाँ भाइरस चीनबाहेक अन्य केही स्थानमा पनि देखिएको छ।

थाइल्याण्डमा तीनवटा घटना फेला परेको छ भने दक्षिण कोरिया, जापान, ताइवान र अमेरिकामा एक(एक घटना देखिएको छ।

अस्ट्रेलिया, सिङ्गापुर, हङ्कङ, ताइवान, अमेरिका, रुस र जापानमा अधिकारीहरूले वुहानबाट आउने यात्रुहरूको परीक्षणमा कडाइ अपनाएका छन्।

लण्डनस्थित हिथ्रो विमानस्थलमा पनि वुहानबाट आउने यात्रुहरूको परीक्षण आरम्भ गरिएको छ।

के तथ्यांकहरू सही छन्?

विज्ञहरू भन्छन् उक्त भाइरस संक्रमण भएको तर फेला नपारिएका घटनाहरू धेरै हुन सक्छन्।

इम्पिरिअल कलेज लण्डनको संक्रामक रोग विश्लेषण एकाइको अनुमानमा संसारभरि १,७०० जना उक्त भाइरसबाट सङ्क्रमित भइसकेका छन्।

तर चीनको रोग नियन्त्रण केन्द्रका अधिकारी भन्छन् सो ब्रिटिश अनुसन्धान संस्थाको त्यस्तो अनुमान ूवास्तविकतामा जे देखिएको छ त्योसँग मेल नखाने प्रकारकोू हो।

विश्व स्वास्थ्य संठन डब्लूएचओले स्वाइन फ्लु र इबोला सङ्क्रमणका बेलामा जस्तै उक्त नयाँ भाइरस संक्रमणको सम्बन्धमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य संकटकालको घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा बुधवार छलफल गर्दैछ।

यदि त्यस्तो घोषणा गरिएमा त्यसलाई भाइरस संक्रमणविरुद्ध सुसंयोजित अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि भएको आह्वानका रूपमा लिइने छ।

बीबीसी नेपाली

थप समाचार

डा आशा सिंह बनिन् प्रहरी अस्पताल प्रमुख

डा आशा सिंह बनिन् प्रहरी अस्पताल प्रमुख

काठमाडौं:  बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा आशा सिंह नेपाल प्रहरीको प्राविधिक समूह तर्फ एआईजी पदमा बढुवा भएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएसँगै सिंह नेपाल प्रहरी अस्पतालकाे निर्देशक समेत बनेकी छिन्।

गृहमन्त्रालयमा गत १४ पुसमा बसेको बढुवा समितिले रिक्त एआईजी पदमा डा सिंहलाई बढुवा गर्न सिफारिस गरेको थियो । तर त्यस विरुद्ध अर्का डीआईजी  मिनराज पाठकले जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरिएको भन्दै उजुरी गरेका थिए । यता लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित उजुरी सुन्ने समितिले बढुवा समितिको निर्णयलाई सदर गरेपछि मन्त्रिपरिषदले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रामग्रामलाई पोषणयुक्त नगर बनाइँदै

रामग्रामलाई पोषणयुक्त नगर बनाइँदै

पश्चिम नवलपरासी : रामग्राम नगरपालिकालाई षोषणयुक्त नगर बनाउन कार्ययोजना बनाइएको छ। कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकार पक्षले सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।

आमा, शिशुु तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन यस किसिमको योजना बनाइएको नगरपालिकाले जनाएको छ। बालमैत्री अभियानलाई समेत सघाउ पुग्नेगरी नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ्य र पोषणयुक्त नगर बनाउन कार्ययोजना बनाई सामूहिक प्रतिबद्धता जनाइएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए।

कार्ययोजना अनुसार एकीकृत पोषणसँग सम्बन्धित नीतिगत व्यवस्था तथा कार्यान्वयनलाई सुदृढ गर्न ‘रामग्राम नगरपालिकाको सरोकार स्वच्छ पारदर्शी विकासमुखी स्थानीय सरकार’ नारालाई साकार पार्न समृद्धिको योजना सञ्चालन गरिनेछ।

सुनौला एक हजार दिनका आमालाई प्रोत्साहन गर्ने कार्यक्रम, पोषणमैत्री स्थानीय शासनको अवधारणा अवलम्बन गरी नगरपालिकालाई पोषणमैत्री बनाउने नीति अवलम्बन गर्ने स्वास्थ्य शाखा प्रमुख कृष्ण चौधरीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘हात्तीपाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्नुस्’

‘हात्तीपाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्नुस्’

नेपालगञ्ज : चिकित्सकले हात्तीपाइलेविरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् ।

बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाको एकलाख ७३ हजार ७९४ जनसंख्यामध्ये एकलाख ४५ हजारले औषधि सेवन गर्ने लक्ष्य लिइएको छ।

यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ। दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्नसक्ने स्वास्थ्यकर्मीले जनाएका छन्।

औषधि सेवनपछि रोगको संक्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेन्द्रजंग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही र दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बेल्जियमकी राजकुमारी अस्ट्रिडले सुनिन् कुष्ठरोगीका भोगाइ

बेल्जियमकी राजकुमारी अस्ट्रिडले सुनिन् कुष्ठरोगीका भोगाइ

काठमाडौं : नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिड कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानमा सहभागी भएकी छिन्। अस्ट्रिड डामिन फाउण्डेसनले मंगलवार आयोजना गरेको कुष्ठरोग सेमिनारमा सहभागी भएकी हुन्।

विश्व कुष्ठरोग दिवसको सेरोफेरो पारेर गरिएको कार्यक्रममा विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कुष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराए।

कार्यक्रममा प्रा. मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गरे। फाउण्डेसनका नेपालदेशीय प्रतिनिधि डा. सुशील कोइरालाले फाउण्डेसनले कुष्ठरोग र क्षयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारका लागि पहलकदमी गर्दै आएको जानकारी दिए। पाँच प्रदेशका १६ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी सावित्री श्रेष्ठ र क्षयरोगी धनुषका चन्द्रप्रकाश यादवले आफ्ना भोगाइ सुनाए। उनीहरूकाे प्रस्तुति बेल्जियमका राजकुमारीले चासोपूर्वक सनिन्।

आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ। नेपाललाई यसै वर्ष (सन् २०२०) सम्म पूर्णरूपले कुष्ठरोग निवारण देश बनाउने सरकारको लक्ष्य छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बाँकेमा व्यावसायिक जडीबुटी खेती

बाँकेमा व्यावसायिक जडीबुटी खेती

नेपालगञ्ज : जडीबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँकेमा सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडिबुटीलाई व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ।

नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडिबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ। जिल्लामा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ। जडिबुटी खेतीका लागि बाँके राम्रो सम्भावना बोकेको जिल्ला भएको वनस्पति उद्यान केन्द्रका प्रमुख सुनिलकुमार आचार्यले बताए।

खेतीका लागि तोकिएका क्षेत्र आसपास पाइने रैथाने प्रजातिका जडिबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ। ‘जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर, यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्छ’, आचार्यले भने।

बाँकेमा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ। सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, इथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र संवर्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीयस्तरमा पुर्याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना भएकाे हो।

केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवर्धन, जडिबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार काम अघि बढाएको छ ।

जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडिबुटीको विरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका विरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानहरूलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो कोरोना भाइरस?, यसरी अपनाउनुस् सावधानी

के हो कोरोना भाइरस?, यसरी अपनाउनुस् सावधानी

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहमध्येको एक हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। यो जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि तिनीहरूबाट मानिसमा संक्रमण फैलाएका छैनन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट संक्रमितमा हुने साझा लक्षण यस्ता छन्–

ज्वरो आउनु र खोकी लाग्नु

छिटोछिटो सास फेर्नु

श्वासप्रश्वासमा कठिनाइ हुनु

गम्भीर भएमा निमोनिया हुनु

सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु  हुनसक्छ।

यो भाइरसको संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले दिएकाे सुझाव

नियमित रूपमा हात सफा गर्ने

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

मासु र अण्डा राम्रोसँग पकाएर खाने

कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

अमेरिका पुग्यो कोरोना भाइरस, चीनमा नौजनाको मृत्यु, ४४० संक्रमित

अमेरिका पुग्यो कोरोना भाइरस, चीनमा नौजनाको मृत्यु, ४४० संक्रमित

श्वासप्रश्वासमा संक्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ।

द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको भाइरस चीनबाट सिएटल शहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

सीडीसीका अनुसार उक्त भाइरसबाट संक्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

‘ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट संक्रमित भएको अनुमान गरिएको थियो।’

काेराेना भाइरसको संक्रमण रहेको पुष्टि जनवरी २० तारिखमा भएको थियो।

चिनियाँ अधिकारीकाे चेतावनी

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलिन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलिन नदिने प्रयास भइरहेका वेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्।

चीनको वुहान शहरबाट उक्त भाइरस फैलिन शुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ।

यो भाइरस चीनको वुहान शहरबाट फैलिन शुरु भएको हो। चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको संंख्या नौ पुगेको छ। संक्रमित हुनेको संख्या पनि ४४० पुगेको बताइएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन्। अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मंगलवार गरेका थिए।

एक पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

थप समाचार

मृत्युपछि ‘शुक्रकीट दान’

मृत्युपछि ‘शुक्रकीट दान’

एक अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।

मेडिकल इथिक्स नामक जर्नलमा प्रकाशित अनुसन्धानको निचोडमा मृत्युपछि शुक्रकीट दान गर्ने व्यवस्थालाई नैतिक रूपमा प्रोत्साहन दिई वीर्यको भण्डारण बढाउनुपर्ने उल्लेख छ।

सन् २०१७ मा बेलायतमा वीर्यदानबाट दुई हजार ३४५ बच्चा जन्मिएका थिए। तर कडा नियमका कारण भण्डार गरिएको शुक्रकीटको परिमाण घट्दो छ।

मृत्युपछि प्रोस्ट्न्ट ग्रन्थीलाई कृत्रिम ढङ्गले सक्रिय बनाएर वा शल्यक्रिया गरेर शुक्रकीट संकलन गर्न सकिन्छ र त्यसपछि त्यसलाई भण्डारण गर्न सकिन्छ।

प्रमाणहरूले मृत्यु भइसकेका व्यक्तिबाट संकलित शुक्रकीटबाट राम्रो किसिमले गर्भाधान गराउन सकिने र स्वस्थ सन्तान जन्माउन सकिने देखाएको छ। मानिसहको मृत्यु भएको ४८ घण्टा भित्र शुक्रकीट संकलन गर्नु पर्छ।

लेस्टर विश्वविद्यालयका चिकित्सक नाथन हडसन र म्यानचेस्टर विथेनस्वे अस्पतालका चिकित्सक हुसा पार्करले शुक्रकीट दानलाई अंगदानसँग तुलना गरेका छन्।

अरू किसिमको प्रत्यारोपणका लागि अंगदान गर्न सकिन्छ भने मृतकबाट लिइने शुक्रकीटलाई पनि बाँझोपन निदानको एउटा उपायका रूपमा हेरिनुपर्ने उनीहरूको तर्क छ।

तर यसमा परिवारको सहमति, विशेषाधिकार र दाताको गोपनियताको प्रश्न जोडिने अनुसन्धानकर्ताहरूको मत छ।

लाञ्छनाविरुद्ध चुनौती

सन् २०१४ मा वर्मिङघममा एउटा शुक्रकीट बैंक स्थापना भएको थियो जसलाई सरकारले ७७ हजार पाउण्ड अनुदान उपलब्ध गराएको थियो।

तर स्थापनाको दुई वर्षपछि नै बैंकले ढोका बन्द गरेको थियो र दाता खोज्ने काम बन्द गरेको थियो। बैंकमा नौ जनाले मात्रै वीर्यदान गरेका थिए जसमध्ये एक जनाले पछि उक्त प्रक्रियाबाट अलग हुने निर्णय लिए।

सन् २००५ को एक कानुनले बेलायतमा वीर्यदानबाट जन्मिएका शिशुहरूले उनीहरू १८ वर्ष पुगेपछि शुक्रकीट दातासँगसम्पर्क राख्न सक्ने व्यवस्था गरेको छ।

तर कतिपय विज्ञहरूले मृत पुरुषबाट शुक्रकीट संकलन गर्ने विधि ‘पश्चगामी बाटो’ हुने भन्दै युवा र स्वस्थ वीर्यदाताको खोजीमा नै जोड दिनुपर्ने बताउँछन्।

कानुनी नजिर

सन् १९९७ मा एक महिलाले आफ्ना मृत श्रीमानको शुक्रकीट प्रयोग गर्न पाउने अधिकार प्राप्त गरेकी थिइन्।

डायानसँग पारिवारिक जीवन शुरु गरेको दुई महिनापछि नै स्टेफन ब्लडलाई मेनिनजाइटिस रोग लागेको थियो।

त्यसपछि उनी ‘कोमा’मा गए। तर उनले मृत्युअघि लिखित रूपमा नै आफ्नो शुक्रकीट प्रयोग गर्न अनुमति दिएका थिएनन्।

उनीबाट संकलन गरिएका दुई नमुना डायान ब्लडको अनुरोधमा राखिएको थियो।

सन् १९९० मा बाँझोपनसम्बन्धी एउटा कानुनले डायन ब्लडलाई लिखित अनुमति नभएका कारण आफ्ना श्रीमानको शुक्रकीट प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो।

तर पछि पुनरावेदन अदालतले यूकेभन्दा बाहिर युरोपको जुनसुकै स्थानमा बाँझोपनको उपचार गराउन सक्ने आदेश दिएको थियो।

उनले भण्डारण गरेर राखिएको आफ्नो श्रीमानको शुक्रकीटबाट सन् २००२ मा जोएललाई जन्म दिएकी थिइन्।

त्यसको एक वर्षपछि उनले आफ्नो मृत पतिलाई आफ्नो छोराको बाबु भएको स्थापित गराउन मुद्दा जितेकी थिइन्।

बीबीसी नेपाली

थप समाचार

सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलासिस सेवा

सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलासिस सेवा

काठमाडौँ : काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ।

पहिलोपटक कामपा–१५ की ६४ वर्षीया चन्द्रदेवी महर्जनको हेमोडाइलासिस गरिएको हो। कामपा प्रमुख विद्यासुन्दर शाक्यले मंगलवार उपकरण सञ्चालन गर्दै सेवा शुरु गरेका हुन्।

यो सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउने छ।

थप उपकरण र जनशक्ति नपुगेसम्म अहिलेका लागि अस्पतालमा भएकै स्रोत साधनबाट एक सिफ्ट थप गरी प्रति दिन नौ देखि १२ बिरामीका लागि हेमोडाइलासिस सेवा दिइनेछ। त्यसलाई वृद्धि गर्दै भौतिक पूर्वाधारलगायतका स्रोत साधन थपेपछि सेवा थप विस्तार गर्दै लगिने अस्पतालले जानकारी गराएको छ ।

सम्झौताबमोजिम मिर्गौला बिरामीका लागि हेमोडाइलासिस सेवासँगै वीरेन्द्र अस्पतालले ज्येष्ठ नागरिकका लागि ओपीडी सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लग्नेछ। थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको सिफारिस प्राप्त गरेका बिरामीलाई अस्पतालबाट हेमोडाइलासिस सेवा उपलब्ध हुनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘गुणस्तरीय उपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ’

‘गुणस्तरीय उपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ’

प्याथोलोजी भनेको गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा बिरामीलाई प्रमाणसहितको उपचार प्रदान गरिन्छ। कुनै पनि रोग लाग्यो भनेर मात्र हुँदैन। त्योे प्रमाणित हुनुपर्छ। प्रमाणित गर्ने काम ल्याबमा हुन्छ।

कुनै पनि रोग लागेपछि त्यसको उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै सही निदान हुनु हो। यदि सही निदान भएको छ भने मात्र त्यसको उपचार सही दिशामा गएको मानिन्छ। बिरामी बिस्तारै निको हुँदै जान्छ। जस्तै कुनै बिरामीलाई क्यान्सर भयो भनेर मात्र हुँदैन त्यो कुन क्यान्सर हो, कुन स्टेजमा छ, निको हुने सम्भावना छ कि छैन, सबै जानकारी हुन जरुरी हुन्छ। यो सबै रिपोर्ट ल्याब टेस्ट गरेपछि मात्र थाहा हुन्छ।

प्याथोलोजीमा बिरामीको ल्याब टेस्ट हुन्छ। यसले रोगको प्रमाणित गर्ने मात्र होइन निगरानी समेत गर्छ। उपचारले निको भइरहेको छ छैन भने पनि यही टेस्ट गरेपछि पत्ता लाग्छ। त्यसैले गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ। यो नभएसम्म उपचार सेवा अपूरो हुन्छ।

साधारण भाषामा भन्नुपर्दा हामी बिरामी भएपछि डाक्टरकोमा जान्छौँ। डाक्टरलाई आफ्ना समस्या भन्छौँ। लक्षणका आधारमा डाक्टरले कुनै रोग हुनसक्ने भन्दै सो प्रमाणित गर्नका लागि ल्याबमा केही टेस्ट गर्न लगाउँछन्। साधारणतया ल्याबको रिपोर्ट नआएसम्म खासै कुनै उपचार चलाइँदैन। त्यसैले पनि उपचार सेवामा धेरै चर्चा नहुने भए पनि यो सेवा असाध्यै महत्त्वपूर्ण हुन्छ। जब ल्याबबाट रिपोर्ट आउँछ त्यहीअनुसार मात्र के उपचार गर्ने भन्ने निर्णय डाक्टरले गर्छन्।

आजभोलि भने सर्वसाधारण स्वास्थ्यप्रति केही सचेत हुन थालेका छन्। जसले गर्दा उनीहरू सिधै ल्याबमा आएर ‘मेरो थाइराइड टेस्ट गर्नुपर्यो’ वा ‘सुगर लेबल चेक गर्नुपर्यो’ भन्छन्। यसका लागि डाक्टरले नै टेस्ट गर्नुपर्छ भनेर लेख्नुपर्छ भन्ने छैन। यो रोग लाग्नुअगावै सचेत भएको हो। यसरी पनि गर्न सकिन्छ। तर धेरैजसो भने डाक्टरले नै ‘यो यो टेस्ट गर्ने’ भनेर लेखेर पठाएपछि नै टेस्ट गरिन्छ।

आजभोलि गल्ली गल्लीमा ल्याब सेन्टर खोलिएका छन्। ती सेन्टरको विश्वसनीयताको पनि ख्याल गर्नुपर्छ। जहिले पनि गुणस्तरीय ल्याब सेन्टरमा मात्र जाँच गराउनुपर्छ। रोगको सम्पूर्ण उपचार यसमै निर्भर हुने भएकाले सही ल्याब छनोट गर्नुपर्छ। सरकारले क, ख, ग भनेर स्टयाण्डर्ड नै छुट्याएको छ।

ल्याबमा काम गर्ने जनशक्ति उपकरण, समय वातावारण र बिरामीको मानसिकता धेरै कुराले रिपोर्टमा असर गर्नसक्छ। सकेसम्म आईएसओ प्राप्त ल्याबमा टेस्ट गर्दा नतिजा भरपर्दो आउँछ। यस्ता ल्याबले ‘स्टाण्डर्ड मेन्टेन’ गरेका हुन्छन्। यसका साथै ल्याबमा काम गर्ने जनशक्तिले पनि बिरामीको बारेमा सम्पूर्ण जानकारी लिएर उनीहरूको टेस्ट गर्दा रोग पहिचानमा मद्दत पुग्छ।

कहिलेकाहीँ ल्याबैपिच्छे बिरामीको रिपोर्ट फरक फरक रिपोर्ट आउने कुराको प्रसंग पनि आउने गर्छ। रिपोर्ट फरक आउनुमा धेरै कुराले निर्धारण गरेकाे हुन्छ। यो कुरा हामीले बिरामीलाई बुझाउन जरुरी हुन्छ। सानासाना कुराले पनि रिपोर्टमा फरक पर्न सक्छ। बिजुलीको भोल्टेज कम भयो भने पनि रिपोर्ट फरक पर्नसक्छ।

कुन स्ट्याण्डर्डको ल्याब हो, कस्ता जनशक्ति छन्, त्यसमा प्रयोग हुने ‘रिएजेन्ट’ कस्तो छ लगायत कुराले रिपोर्ट फरक पर्छ। त्यसैले मैले टेस्ट गरेँ भनेर ढुक्क हुनुअघि म सही ल्याबमा आइपुगेँ कि पुगिनँ भन्ने विचार पुर्याउन आवश्यक छ। नेपालमा पनि धमाधम स्ट्याण्डर्ड ल्याब सेन्टरहरू खुलिरहेका छन्। यसरी सुविधासम्पन्न ल्याब खुल्नु भनेको प्रमाणसहितको उपचार सेवामा टेवा पुग्नु हो।

  • डा.गिता शाक्य

    ईशान बाल तथा महिला अस्पतालमा कार्यरत डा.शाक्य वरिष्ठ प्याथोलोजिष्ट हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

सूर्यविनायक नगरपालिकाको आफ्नै अस्पताल

सूर्यविनायक नगरपालिकाको आफ्नै अस्पताल

भक्तपुर : सूर्यविनायक नगरपालिकाले सूर्यविनायक–४ दधिकोटमा आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ।

सूर्यविनायक नगरपालिका–४ अन्तर्गत दधिकोटको गाम्चामा रहेको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले सूर्यविनायक नगरपालिका अस्पतालको नामबाट सञ्चालनमा ल्याएको हो।

नगरपालिकाका प्रमुख वासुदेव थापाले म‌ंगलवार उद्घाटन गर्दै नगरवासीलाई सस्तो र सुलभरूपमै स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा विस्तार गरी स्थानीयलाई सहज रूपमा उपचारको व्यवस्था गरेको बताए।

नगरपालिकाले अस्पताल भवनबाट २४ सै घण्टा आकस्मिक सेवा र प्रसूति सेवा उपलब्ध गराउने बताएको छ। तीनतले अस्पताल भवन ६५ लाख रुपैयाँ लागतमा निर्माण भएको जानकारी दिइयो।

ताजा अपडेट