Health TV Online
Health TV Online

नेपाली सेनाकाे स्वास्थ्य शिविर

नेपाली सेनाकाे स्वास्थ्य शिविर

सप्तरी : सीमावर्ती क्षेत्र तिलाठी कोइलाडीमा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन्।

गाउँपालिकाकोवडा नंं.१ तिलाठीमा सञ्चालित शिविरमा भीमदल गण राजविराजले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरेको हो। गणपति गुप्तबहादुर कुँवरका अनुसार सेवा लिनेमा १०३ पुरुष र ६२ महिला छन्। शिविरमा नाक, कान, घाँटी र श्वासप्रश्वासलगायत रोगको उपचारका साथै निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

ग्रामीण भेगमा बसोबास गर्ने सीमावर्तीका समुदायको स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् र स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको गणपति कुँवरले बताए।

शिविरबाट विशेषगरी न्यून आयस्तर भएका, दलित, गरिब समुदाय बढी लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष शतीशकुमार सिंहले जानकारी दिए। शिविरमा नेपाली सेनाका प्राविधिक उपसेनानी डा. विवेककुमार रोशन, डा शशि टण्डनको टिम रहेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

म्याग्दी : लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालले बेनी अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरेको छ।

बेनीमा शनिबार सम्पन्न क्लबको बैठकमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन, हेन्स सेनिराइटर र प्रिपेसन सेट प्रदान गरिएको हाे।

लायन्सका गभर्नर इन्दु लम्सालका अनुसार यहाँ रहेका लायन्स क्लबहरूको पहलमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएकाे हाे।

अस्पतालकी नर्सिङ अधिकृत खेमकुमारी पन्तले नवजात शिशुलाई जण्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा ती उपकरणाले उपचार सहज हुने जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

समायाेजनको सास्ती : गाउँपालिकाले करारमा ल्यायो स्वास्थ्यकर्मी

समायाेजनको सास्ती : गाउँपालिकाले करारमा ल्यायो स्वास्थ्यकर्मी

ताप्लेजुङ : गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि सिरिजंघा गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी भर्ना गरेको छ।

गाउँपालिकाले एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ असिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरेको हो। कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए।

सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरेको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए। ‘लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत वञ्चित हुने अवस्था आयो’, उनले भने, ‘त्यसैले सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौँ।’

जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ। समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन्। पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा रहेका छोराछोरी नेपाल फर्काउन मानव अधिकार आयोग गुहार्दै अभिभावक

चीनमा रहेका छोराछोरी नेपाल फर्काउन मानव अधिकार आयोग गुहार्दै अभिभावक

काठमाडौं : कोरोनाभाइरस अति प्रभावित हुबे प्रान्तमा रहेका नेपालीका आफन्तहरूले आफना छोराछोरी नेपाल फर्काउन सहयोगको आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहार्ने भएका छन्।

स्वास्थ्यराज्य मन्त्री र पर्यटनमन्त्रीबाट सहयोग पाइने आशा नभएको भन्दै उनीहरुले आयोगको सहयोग मागेका हुन्। उनीहरुले आजै १२ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुल्चोकमा जम्मा भइ  ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

एक अभिभावकले भने, ‘हाम्रा छोराछोरी कहिले ल्याउने ? सरकार किन गम्भीर बन्न नसकेको हो बुझ्न सकिएन । उता छोराछोरी आत्तिरहेका छन्। मनोवैज्ञानिक त्रास बढेको छ ।’ सरकार भने त्यहाँबाट नेपालीहरूको उद्धार गर्ने मनस्थितिमा नरहेको पनि उनले जिकीर गरे।

अभिभावकले यसअघि बिहीवार र शुक्रवार गरी स्वास्थ्य मन्त्रालय र पर्यटन मन्त्रालयमा ज्ञापनपत्र दिइसकेका छन्। तर चित्त बुझ्दो जवाफ नपाइएको उनीहरुको गुनासो छ ।

हुबे प्रान्तमा रहेका नेपालीहरुलाई चीन सरकारले क्वारेन्टाइन जस्तो गरी घरभित्रै राखिरहेको छ जसका कारण उनीहरु न त हिंडडुल गर्न नै पाएका छन नत बाहिर निस्कन नै । उनीहरुले नेपाल फर्किन निवेदन दिएकै दुई साता भन्दा बढी भइसकेको छ । तर सरकार भने तयारी नपुगेको भन्दै आलटाल गरिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८११ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८११ पुग्यो

काठमाडौं : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ । शनिबार मात्रै ८९ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

शनिबार मात्रै चीनमा ८९ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५६ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३७ हजार १ सय ५८ जना संक्रमित भइसकेका छन्।

शनिबार मृत्यु हुने मध्ये ८१ जना हुबे प्रान्तका रहेका छन्।  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस चीनको ३१ वटै प्रान्तमा फैलिएको छ भने विश्वलाई नै त्रसित बनाइरहेको छ । हालसम्म चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

प्रदेश १ मा ‘स्वास्थ्य जीवन प्रवर्धन’ अभियान शुरु

प्रदेश १ मा ‘स्वास्थ्य जीवन प्रवर्धन’ अभियान शुरु

झापा : प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले स्वास्थ्य जीवन प्रवर्धन अभियान–२०७६ शुरु गरेको छ। मन्त्रालयको आयोजना तथा भद्रपुर नगरपालिकाको व्यवस्थापनमा शनिवार गरिएको कार्यक्रममा मन्त्री जीवन घिमिरेले अभियान उद्घाटन गरेका हुन्।

घिमिरेले स्वस्थकर खानपिन र निरन्तर शारीरिक व्यायाम गर्न सके स्वस्थ जीवन जिउन सकिने बताए। उनले घरको भान्सामा सुधार नआएसम्म स्वास्थ्यमा सुधार नआउने धारणा राखे। सर्वसाधारणमा यही चेतना दिन अभियान शुरु गरेको उनको भनाइ छ।

मन्त्रालयका स्वास्थ्य शाखाका कार्यक्रम संयोजक हरिकृष्ण भट्टराईले जीवनयापन स्वस्थकर हुन नसक्दा नसर्ने रोगको जाेखिममा रहनु परेको तर्क गरे।

कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी, स्वास्थ्यकर्मी तथा योग प्रशिक्षकहरू सहभागी थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनबाट आएका नेपाली राख्न खरिपाटीमा दुई भवन खाली गराइयो

नगरपालिका र स्थानीय बासिन्दाको विरोध जारी

चीनबाट आएका नेपाली राख्न खरिपाटीमा दुई भवन खाली गराइयो

काठमाडौं : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गराएको छ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो। त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारेको उनले जानकारी दिए। भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनोट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा ‘आइसोलेसन वार्ड’का रूपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन्।

टोलीले यो ठाउँको छनोट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेसन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्नसक्ने जानकारी गराएको सहनिर्देशक ओलीले बताए। तर त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नहुने भन्दै कर्मचारी त्रासमा रहेको उनको भनाइ छ। प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन्। स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दिनदिनै आन्दोलन गर्दै आएका छन्।

चाँगुनारायण नगरपालिकाको छैटौँ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ । शुक्रबार मात्रै ८८ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो ।

शुक्रबार मात्रै चीनमा ८८ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९९ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३४ हजार ५सय ४६ जना संक्रमित भइसकेका छन्।

वुहानमा शुक्रबार भर्ना भएका बिरामी मध्ये १ हजार २ सय ८० जना सिकिस्त रहेको पनि आयोगले जनाएको छ । ५ सय १० जना भने शुक्रबार उपचारपछि निको भएर घर फर्केका छन्।  चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेको छ । चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

जाडो मौसम र दम–खोकी

जाडो मौसम र दम–खोकी

साधारणतया दम खोकी भनिने रोग चिकित्सकीय भाषामा धेरै कारणले हुन्छ। विभिन्न एलर्जीले हुने आस्थामा, चुरोट खाएर हुने ‘सीओपीडी’, मुटुरोग भएर पछि दम बढ्ने ‘कार्डियाक आस्थामा’, बाथरोग बिग्रेर हुने आईएलडी, जुकाहरूले गर्दा हुने ‘इओसिनोफिलिया’, फंग्सले हुने ‘एबीपीए’ तथा यस्तै अन्य केही रोगहरूमा रोगी दम बढ्ने खोकी लाग्ने स्वाँ स्वाँ हुने, छाती कस्सिनेजस्ता लक्षण लिएर चिकित्सककहाँ आउछन्।

दमरोग धेरैजसो बालबालिका, वृद्ध र वयस्कहरूलाई लाग्ने फोक्सोको रोग हो। बच्चा र वयस्कहरूमा हुने दमको रोग प्रायः एलर्जीले गर्दा बढी हुन्छ भने अर्धबैँसे र बुढाबूढीहरूलाई हुने दम एलर्जी बाहेकका कारणहरूले गर्दा बढी हुन्छ। बच्चा र वयस्कहरूमा दमको लक्षण मुटुको जन्मजात रोगहरू मुटुमा प्वाल हुनु, प्वाल ठूलो साना हुनाले हुन सक्छ भने अर्धबैँसे उमेरमा दम, खोकी जस्ता लक्षण मुटु फेल, मिर्गौला फेल, कलेजो फेल र फोक्सोको टीबी जस्ता रोगहरूमा फोक्सोमा पानी भरिनाले पनि दमको व्यथा लिएर रोगी चिकित्सककहाँ आउने गर्छन्।

अर्धवैसेहरूमा दमको रोग चुरोट खाने व्यक्तिहरूमा बढी पाइन्छ भने सोही उमेर समूहका रोगीहरू आउने गर्दछन्। अर्धवैसेहरूमा दमको रोग चुरोट खाने व्यक्तिहरूमा बढी पाइन्छ भने सोही उमेर समूहका रोगहरू ब्लड प्रेसर बढेर मुटु फेल हुनाले दमका लक्षण लिएर अस्पताल पुग्छन्।

विभिन्न थरिका जुकाले पनि ईओसिनोफिलिया भन्ने अवस्था गराएर तथा जोर्नीको बाथको रोग भएका रोगीहरू वर्षौँ पछि दमले ग्रस्त हुन सक्छन्। केही युवा र अधिकांश युवतीहरू रोगी भएको जानेर या अञ्जानमा नाटक गर्न तथा मानसिक तनावले गर्दा पनि स्वास् छिटो फृेर्ने र बेहोश भए जस्तो भएर इमर्जेन्सी वेला न कुवेला आइपुग्छन् हिस्टेरिया। फोक्सोको क्यान्सर वा अन्तबाट फोक्सोको क्यान्सर वा अन्तबाट फोक्सोसम्म पुगेको क्यान्सरले पनि दमका केही लक्षण देखाउछन्। मकै भटमास सुपारी र बदाम उछ्टि्याएर खाने वेला बच्चाहरू साना खेलौनाका टुक्रा जानी नजानी फोक्सोतिर सर्किएर पनि श्वास छिटो छिटो चलेर ढिलो चाँडो उपचारका लागि आउन सक्छन्।

दमको रोग विकसित मुलुकहरूमा शहरलाई हरियालीयुक्त गरेकोले र हरियालीसँगै रुख बिरुवाहरू फूलेको मौसममा पराग अलर्जीले गर्दा बढी हुन्छ भने विकासोनमुख देशहरूका अव्यवस्थित शहरीकरण साना झ्यालढोका भएका घरहरू साँघुरा, धूलो उड्ने सडकहरू, थोत्रा पुराना सवारी साधनहरूले गर्दा धूलो धुवाँको एलर्जीले दमको व्यथा बढी हुन्छ। दमको रोग केही रोगहरूमा वंशाणुगत हुन्छ भने धेरैजसो रोगीहरूमा घरायसी उपभोग सरसामानको धुलो, सोफा, कार्पेट, कपडाहरू कुकुर र बिरालोको जिउको धूलो, रौँहरू साङ्ला, मुसा आदिको संसर्गबाट तथा दाउरा गुइठा बाल्दा निस्कने धुवाँ ग्यास चुलो र चुरोटको धुवाँले चुरोट नखानेलाई समेत एलर्जी भएको र दम सीओपीडी भएको पाइन्छ। केही प्रोटिनयुक्त खानाहरूले पनि दमको थालनी गर्न सक्छन्।

वातावरणीय प्रदूषण दम रोगको प्रमुख कारक तत्त्वमध्ये एक हो। प्रदूषणले दम गराउने कुरा शहरमा जम्मा घर संख्या, खाली जग्गा र घरको अनुपात घरहरूको जनघनत्व साथै व्यक्ति र कोठाहरूको अनुमान र शहरको जनघनत्व साथै व्यक्तिले भीडमा र भित्री शहरमा बिताएको समयमा भर पर्दछ। वातावरण प्रदूषणको एउटा प्रमुख कारण डिजल र पेट्रोलबाट चल्ने सवारी साधनहरू हुन्। पिच सडकभन्दा धूलो उड्ने सडक नया भन्दा पुरानो पेट्रोल भन्दा डिजल साना भन्दा ठूलो खालीभन्दा लोडेड र सरासरी भन्दा पुरानो पेट्रोलभन्दा डिजल साना भन्दा ठूलो खालीभन्दा ‘लोडेड’ र सरासरी भन्दा रोकी रोकी हिड्ने गाडीहरूले वातावरण बढी प्रदूषण गर्छन्।

ग्यास र बिजुलीबाट चल्ने साधनहरूले धुवाँ नगण्य फाले पनि सवारी साधनका ब्रेक लाइनिङ र टायर खिइँदा प्रशस्त धूलो वातावरणमा फैलिन्छ। यसरी फैलिएका प्रदूषणमा फोहारको धूलो नाइट्रोजन डाइअक्साइड बेन्जिन कार्बन मोनोअक्साइड आजोन लिड तथा ब्ल्याक सूट धूवा प्रमुख एलर्जी गराउने तत्त्व हुन्छन्।

हावामा उडिरहने र तैरिइरहने गाडीको धुवाँ र टायर तथा ब्रेक खिइएर निस्कने धूलो पार्टिकुलेट मैटर २.५–१० बेन्जीन र कार्बन मोनोअक्साइड ०.१ पर्टिकुलेट मैटर समूहका धूलोहरू वर्षा याममा आकाशको पानी सागै माटोमा पुग्छन् भने अन्य मौसम खास गरेर जाडोयाममा हावामै बढी समय रहने साथै चिसो हावाले फोक्सो प्रभावित गर्ने हुँदा वर्षभन्दा जोडोमा र

पालुवा लाग्ने मौसममा फूलको परागले दम खोकी बढी हुन्छ। उपरोक्त प्रदूषणले दम खोकी बाहेक फोक्सोको क्यान्सर गर्भवती महिलालाई प्रभाव पारेर बच्च समय भन्दा चाडो जन्मने र कम तौल हुने दम खोकीले फोक्सो र पछि गएर मुटु पनि फेल हुने स्थिति सृजना हुन्छ।

लक्षणहरू

शुरु शुरुमा रुघाखोकीका लक्षणहरू जस्तो घाँटी खसखसाउने, कोक्याउने नाक सन्मनाउने छिउँ आउने, खोकी लाग्ने हुन्छ भने पछि गएर सुख्खा खोकी लाग्ने स्वाँ स्वाँ हुने छाती कस्सिएको भान हुने सास फेर्दा आवाज आउने दमले निकै च्यापेमा सास फेर्न गाह्रो हुने, छिटो छिटो श्वास फेर्ने, ज्यादै खोकी लाग्ने, सास बढेर भन्न खोजेको कुरा पूरा भन्न समेत नसक्ने हुन्छ।

चिह्नहरू

साधारण अवस्थामा रोगीहरूको मुटु छिटो छिटो चल्ने र जाँच्दा छातीभित्र आवाज आउने हुन सक्छ। ढिलागरी आउने रोगी श्वास फेर्न निकै गाह्रो भएको नाक घाँटी र छातीका मासंपेशीहरू सक्रिय रहेका औला नाक जिब्रो नीलो भएका हुन सक्छन् भने धेरै ढिला गरी अस्पताल आउदा रोगी बेहोश वा ज्यादै सिकिस्त पूरै नीलो र श्वास लिनै नसक्ने भएको हुन सक्छ।

दमको रोगीहरूले निकै पहिलादेखि दम भएको बताउने गर्छन् भने दम बढेका मुटु रोगीहरूले पहिले ब्लड प्रेसर भएको वा पहिला हार्टअटेक भएको बताउन सक्छन्। टीबी, क्यान्सर, मुटु फेल र मिर्गौला फेलका रोगीहरूमा खाली छिटो छिटो स्वास मात्र लिएको पाइन सक्छ तर जाँचेर हेर्दा अन्य केही लक्षण पाइँदैन।

रोग उपचारको सिद्धान्त

विभिन्न औषधिहरू एनिट एलर्जिक स्टेरोइड एनटी कोलिनर्जिक ब्रङकोडाइलेटर एन्टिबायोटिक अवस्था हेरी इनहेलर चाहिएको बेला दैनिक दुई तीन या चार पटकसम्म दिन सकिन्छ। त्यस्तै सबैजसो औषधिको रोटाहेलर र रिभोलाइजर पनि दुई\तीन वा चार पटक प्रयोग गर्नुपर्छ। ती औषधिका चक्की र झोल पनि पाइन्छन्। सिकिस्त रोगीहरूलाई अक्सिजन र उपरोक्त औषधिहरूका इन्जेक्सनहरू पनि पाइन्छन्। ज्यादै सिकिस्त रोगीलाई भेनिटलेटर कृत्रिम श्वासप्रश्वास प्रणाली मेसिनमा केही दिन राख्नुपर्ने हुन्छ।

दमका रोगीहरूलाई शुरु शुरुको अवस्थामा कहिलेकाहीँ ५\७ दिनलाई अथवा २ ३ हप्तालाई अथवा ३\४ महिना एलर्जी हुने हप्ता र महिनाहरूका औषधि प्रयोग गरिराख्नु पर्ने हुन्छ। कतिपयले भने रोग बढ्दै गएमा वर्षैभरि औषधि खानुपर्छ र घरमै समेत अक्सिजन राखी २४ घण्टा अक्सिजन प्रयोग गर्नुपर्ने हुन आउँछ। धुलो धुवाँ र चिसो वा इन्फेक्सनले बढाएको दमको इलाजका बेला ४ ५ वटा औषधि दैनिक ३ ४ पटक प्रयोग गरेपछि पनि दैनिक एउटा औषधि १ २ पटकसम्म घटाउन सकिन्छ। यसरी स्टेप अप र स्टेप डाउन औषधि बढाउने या घटाउने तरिकाबाट दमको उपचार पटकैपिच्छे गर्नु पर्छ।

रोकथामका उपायहरू

दम हुन सक्ने रोगीहरूको शुरुको एलर्जिक अवस्था पहिचान गरी समस्या इलाज गराई नियमित औषधि प्रयोग गरेमा दम हुनै नसक्ने समेत हुने हुँदा समयमै रोकथाम गर्नु राम्रो हुन्छ। दम खोकीको रोकथामको लागि व्यक्तिगत हिसाबले भन्ने हो भने रोगी नहुन चुरोट नखाने, चुरोट खाएको कोठामा समेत नबस्ने अन्य धुलो धुवाँबाट टाढा बस्ने कोठाको सफाइ गर्दा अन्यत्र गएर बस्ने, कार्पेट सोफा कुसनहरूको नियमित सरसफाई गर्ने, घाममा सुकाउने, रोगी भएको घरमा कुकुर–बिरालो नपाल्ने, पालेमा तिनीहरूलाई नियमित नुहाउने, घरमा मुसा साङ्लाहरू बढ्न नदिने, थाहा भएसम्मका एलर्जी हुने खानेकुराको परहेज गर्नुपर्दछ।

सरकारी स्तरबाट दम रोगको रोकथामको लागि वातावरणीय प्रदूषण कम गर्न नयाँ बस्ती बसाउदा नक्mसा पास गर्दा हरियाली बगैचा करेसाबारी घुस्यान लाग्ने सडक र बस्तीमा हरियाली ट्रयाक राख्न लाउने भएका सडक ढल व्यवस्थित गरी कम धुलो उड्ने बनाउने यातायातका सार्वजनिक साधनहरूको नियमित जाँच पास गर्ने सडक यातायात छिटो छरितो हुने गरि ट्राफिक व्यवस्थापन गर्ने ग्यास र बिजुलीबाट सञ्चालन हुने साधनहरू परिस्कृत गरी सफा टेम्पो इलेक्ट्रिक कार र ट्रलीबस जस्ता साधनहरूको गति र संख्या बढाउन लाउनु पर्छ।

खोप

एलर्जी टेस्ट गरेर के को एलर्जी रहेछ भन्ने केही अन्दाज गर्न सकिन्छ यो पक्का गर्ने ग्यारेन्टीवाला जाँच चाहिँ होइन।यदि एलर्जीको कारण थाहा भएमा त्यसको खोप लाउन सकिन्छ र त्यो एलर्जेनबाट बच्नुपर्छ। साथै न्यूमोकोकल निमोनिया र भाइरल निमोनिया जाडोयाममा बढी भएर दम बढाउने हुँदा यसविरुद्ध खोप लगाएर दमबाट बच्न सकिन्छ।

सावधानी

दम रोगको विरुद प्रयोग हुने स्टेरोइड औषधि बढी मात्रामा र धेरै वर्ष प्रयोग गरेमा दम कम हुने तर ब्लड प्रेसर बढ्ने, हड्डी कमजोर भई साधारण चोटमै हड्डी भाँचिने, मांशपेशी कमजोर र लुलो हुने बसेको ठाँउबाट उठ्न नसक्ने, हिँडडुल गर्न नसक्ने हुन्छ र महिलाको शरीरमा ज्यादा रौँ आउने र पुरुषको यौनशक्ति गडबड हुनसक्ने मुखमा र गुप्ताङ्गमा दही जस्तो ढुसीको लेउ लाग्ने हुँदा स्वास्थ्यकर्मी र रोगी दुवैले सावधान हुनुपर्छ। यस्तै औषधि आयुर्वेद र होमियोप्याथिक औषधि हुन भनी धुलो पुडिया बनाई बेच्ने ठगहरूबाट पनि सावधान हुनुपर्छ।

धुलो धुवाँ चिसो र इन्फेक्सनबाट बच्न मास्क लगाएर दमले कम च्यापेका वेला चिकित्सकको सल्लाहमा औषधि थपघट गराएर घरमा अकिसजनको व्यवस्था गरेर घरिघरि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउन दिएर रोगसित सम्झौता गरेर लामो समयसम्म सुविस्ताले बाँच्न सकिन्छ।

डा. साहेब भन्नु हुन्छ पुस्तक बाट

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

चीनको वुहानमा थपिए ११ हजार स्वास्थ्यकर्मी

चीनको वुहानमा थपिए ११ हजार स्वास्थ्यकर्मी

कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वुहानमा चीन सरकारले थप ११ हजार स्वास्थ्यकर्मी पठाएको छ। देशका अति राम्रा मानिएका आईसीयू स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाएको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

उनीहरूमध्ये तीन हजार सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र अरु नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले जानकारी दिए। बेइजिङमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले चीनका राम्रो क्षमता भएका चिकित्सकसहितका स्वास्थ्यकर्मी वुहानमा पठाइएको जानकारी बताए।

हुवेई प्रदेशको महत्त्वपूर्ण शहर वुहानमा स‌ंक्रमण नियन्त्रणका लागि सबैभन्दा बढी ध्यान दिइएको यानहोङको भनाइ छ। ‘वुहानमा अत्यावश्यक पर्ने आईसीयूसम्बन्धी स्वास्थ्यकर्मी धेरै पठाइएको छ’, उनले भने, ‘हामी पूर्ण सतर्क छौँ।’

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक थकान हुने गरेको उनले जानकारी दिए। हुवेईमा मागअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको पनि उनले स्वीकार गरे।

डिसेम्बरको अन्त्यमा चीनमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रवारसम्म ६३६ व्यक्तिको ज्यान लिएको छ। पछिल्लो समाचारअनुसार कोरोना भाइरसको स‌ंक्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन्।

चीनबाहिर विभिन्न ३० देशमा २४० व्यक्तिमा कोरोना भाइरसको स‌ंक्रमण भएको बताइएको छ। अहिलेसम्म हङकङ एक र फिलिपिन्समा एक गरी दुई व्यक्तिको मृत्यु भएको छ।

रासस

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चाँगुनारायण नगरपालिकाले खरिपाटीमा ‘क्वारेन्टाइन’ राख्न नदिने

चाँगुनारायण नगरपालिकाले खरिपाटीमा ‘क्वारेन्टाइन’ राख्न नदिने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको छ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण भवनमा शुक्रवार शुरु भएको चाँगुनारायण नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट ल्याइएका नेपालीका लागि खरिपाटीमा ‘क्वारेन्टाइन’ राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको ठहर गरेको हो।

सभामा बोल्ने नेकपा, कांग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरूले  निर्णय सच्याउँदै विकल्प खोज्न सरकारसँग माग गरे।

‘कोरोना भाइरसप्रति चिनियाँ सरकार र जनताले लडेको लडाइँमा हाम्रो ऐक्यबद्धता र सहानुभूति प्रकट गर्छौँ। नेपाल फर्किन चाहने चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग जोड्दार माग गर्छौँ’, नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘तर, चाँगुनारायणको सदरमुकाम एवं घनाबस्ती रहेको खरिपाटीमा  क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति स्थानीय बासिन्दाको विरोध आएकाले गम्भीर ध्यानाकर्षण गर्दै अन्यत्र विकल्प खोज्न सरकारसँग माग गर्छौँ।’

नगरसभामा सबै वडाध्यक्षले चीनबाट फर्काइएका नेपाली राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले यहाँ क्वारेन्टाइन राख्न दिनै नहुने बताए। बस्तीका बीचमा क्वारेन्टाइन राख्न खोज्दा यहाँका जनता त्रसित बनेको उनीहरूको भनाइ छ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई मिच्दै सरकारले बस्तीबीचमा राख्न खोजे आन्दोलन गर्ने चेतावनी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सम्बन्धित मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीगरी चार स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिएका थिए।

फोटो– changunarayanmun.gov.np

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

नेपालले चीनलाई दियो सहयोग स्वरुप एक लाख मास्क

नेपालले चीनलाई दियो सहयोग स्वरुप एक लाख मास्क

काठमाडौं : पछिल्लो समय कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालले एक लाख थान मास्क सहयोग गरेको छ ।

शुक्रबार चिनियाँ राजदूत होउ यान्छीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा मास्क हस्तान्तरण गरेका हुन् । मास्क हस्तान्तरण कार्यक्रममा राजदुत होउले चीनलाई अप्ठेरो परेको बेला नेपालले गरेको यो सहयोगको खुलेर प्रशंसा गरिन ।

गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसका कारण चीन यतिखेर त्रसित बनिरहेको छ । श्वासप्रश्वासका कारण छिटो सर्ने रोग भएकाले सबैलाई मास्क लगाउन आग्रह गरेसँगै चीनमा मास्कको अभाव भएको छ । नेपालमा पनि मास्कको अभाव देखिन थालेको छ । सरकारले मास्क निर्यात नगर्न र मौज्दात राख्न यसअघि नै निर्देशन दिइसकेको छ ।

कोरोना भाइरसको कारण चीनमा हालसम्म ६ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार बढी संक्रमित भएका छन्। नेपालमा एक जनामा संक्रमण देखिएको भए पनि उनी उपचारपछि घर फर्किसकेका छन्।  चीनमा रहेका नेपालीलाई नेपाल ल्याउने तयारी सरकारले गरिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

‘कोरोना भाइरस नियन्त्रण गर्न चीनले चालेकाे कदम प्रशंसनीय’

‘कोरोना भाइरस नियन्त्रण गर्न चीनले चालेकाे कदम प्रशंसनीय’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिटै सफलता पाउनेमा विश्वस्त रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी जिन पिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएकाे उपायबाट छिट्टै भाइरस संक्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन्।

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति उनले ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘फोन वार्तामा दुई नेताबीच आपसी रूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत भएका छन्’, विज्ञप्तिमा भनिएको छ । चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यसबारे जानकारी गराएको हो।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

स्वास्थ्यकर्मी नै खाँदैनन् हात्तीपाइले रोगविरुद्धको औषधि

पर्वत : मुलुकका धेरै जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल भइसके पनि पर्वत भने अझै पनि उच्च जोखिममा रहेको पाइएको छ।

कुस्मा नगरपालिका स्वास्थ्य एकाइले बिहीबार पर्वत अस्पतालमा गरेको कार्यक्रममा सराेकारवालाहरूले स्वास्थ्यकर्मीले नै औषधि सेवन नगरेका कारण अभियान असफल भएको बताएका हुन्। पर्वतमा सन् २०१० देखि नियमित रूपमा १० पटक औषधि खुवाउने कार्यक्रम सकिए पनि जिम्मेवार व्यक्तिले नै हेलचेक्र्याइँ गर्दा राेग निवारणमा समस्या आएको हो।

‘सबै मानिसले औषधि नखाएका कारण ११ औँ पटकसम्म औषधि खुवाउनुपर्ने अवस्था छ’, कुस्मा नगरपालिकाका स्वास्थ्य एकाइका प्रमुख उमाकान्त सापकोटाले भने, ‘जान्नेबुझ्नेले नै औषधि नखाँदा यस्ताे समस्या भएको हाे।’

औषधि नखानेमा स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सुरक्षाकर्मी बढी पाइएका छन्। पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले औषधिबारे अनावश्यक हल्ला फैलाइएका कारण धेरैले नखाएको बताए। ‘लामो समयसम्म विज्ञले अनुसन्धान गरेर बनाएको औषधिमा कुनै समस्या छैन’, उनले भने, ‘भ्रम तोड्न जरुरी छ।’

पर्वत जिल्ला र खासगरी कुस्मा नगरपालिकामा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएकाले आगामी माघ २५ गते ११ औँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुँदैछ। दशौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले संक्रमितको संख्या एक प्रतिशतभन्दा तल नझरेपछि पुनः ११ औँ पटक अभियान सञ्चालन गर्न लागिएको हो। पर्वतसहित देशका १३ जिल्लामा माघ २५ गते सामूहिक रूपमा औषधि खुवाउने कार्यक्रम छ।

पर्वतमा दुई वर्षभन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्यामध्ये एक लाख पाँच हजार ५१६ लाई औषधि सेवन गराउने लक्ष्य रहेको कुस्मा नगरपालिकाका वरिष्ठ अहेब अधिकृत यामप्रसाद शर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

वर्षौँदेखि पाठेघर खस्ने समस्या लिएर बस्न बाध्य छन् जाजरकोटका महिला

जाजरकोट :  जिल्लाका धेरै  महिला वर्षौंदेखि पाठेघर खस्ने पीडा लिएर बस्न बाध्य छन्। आर्थिक अवस्था कमजोर भएका घरपरिवारका महिला रोग पालेर बस्ने गरेको पाइएको छ।  ५० शय्याको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा  महिलाको उपचार हुन सकेकाे छैन।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा. भूपेन्द्र मल्लले बताए। उनका अनुसार बर्सेनि पाँच हजार महिलाले सन्तान जन्माउँछन्। पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित रहेको उनले बताए।

पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, कि गुलाबी ओलीले बताइन्। ‘पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि समस्या देखियो’ उनले भनिन्, ‘अहिले त सामान्य काम गर्न पनि समस्या छ।’

उनकी छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताइन्। शुरुशुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले लाजकै कारण कसैलाई नभनेको बताइन्। १४ वर्षको उमेरमा विवाह गरेकी उनका सात सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उनले बताइन्।

गाउँमा उनीहरूजस्तै पाठेघरको समस्या भोग्ने ३० भन्दा बढी महिला छन् । ‘पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन’, डा. मल्लले भने, ‘अधिकांश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ।’ पछिल्लो पाँच वर्षमा विभिन्न संघसंस्थाको सहयोगमा करिब एक हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७०० ले रिङ प्रेसरी राखेका उनले जानकारी दिए।

उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन्। गत साता छेडागाड नगरपालिकाका १२४ महिलाले शिविरमा पाठेघरको उपचार गराए। नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर शिविर चलाएकाे थियो। कतिपयले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा. रायको भनाइ छ ।

‘पाठेघर बाहिर निस्केपछि घस्रिएर फाेहाेर लाग्दा इन्फेक्सन हुने कारण शल्यक्रिया गर्नुपर्छ’, उनले भने, ‘कतिपयले लाजका कारण शल्यक्रिया गर्न मान्दैनन्।’ घरायसी कामको बोझ, गर्भवती समयमा गह्रौँ भारी बोक्नु, कुपोषण हुनु र कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण  पाठेघर खस्ने समस्या आउने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

नुवाकाेट : बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलका कारण गाउँ नै प्रभावित भएको छ। तीन दिनदेखि देखिएको मौसमी भाइरलका कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले बताए।

गाउँका सबैजसाे बिरामी भएपछि बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ। अहिलेसम्म ५४ को उपचार गरिएको छ। करिब ५० घरधुरी रहेको गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिइन्।

तामाङ समुदायको बाहुल्य रहेको गाउँमा बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरेको  अनमी पाण्डेले जानकारी दिइन्। गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी हुनसक्ने अनुमान गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

काठमाडौं : निर्धारित मितिभन्दा  दुईदिन ढिलाे गरी नेपाल चिकित्सक संघको मतगणना शुरू भएको छ। मंगलवार निर्वाचन सम्पन्न भएपछि बुधवार बिहानदेखि मतगणना हुने तय भएकाे थियाे।

‘मतगणना कसरी गर्ने’ लगायत विषयमा दुई पक्षबीच विवाद भएपछि बुधवार साँझ हुन लागेकाे मतगणना राेकिएकाे थियाे। बिहीवार बिहान उम्मेदवारहरूबीच सहमति भएपछि केहीबेरअघि मतगणना शुरु भएको हो।

काठमाडौं उपत्यकामा पाँच दिन चलेको मतदानमा तीन हजार ३०१ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो।

संघको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र पेशागत समावेशी समूहबाट डा. पुष्पमणी खराल प्रतिस्पर्धामा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

कोरोना भाइरसकाे डरले चितवनमा घटे पर्यटक

चितवन : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहा पूर्णरूपमा सुरक्षित भएको सन्देश स्वदेश र विदेशमा पुर्याउन आवश्यक रहेको बताए। नेपाल नै कोरोना भाइरसबाट सुरक्षित भएको भन्दै उनले चीनको रोग देखिएका शहरबाट पर्यटक यहाँ नआएकाले याे क्षेत्र पूर्णरूपमा सुरक्षित रहेको बताए।

चीनको भाइरस देखिएका क्षेत्रबाट पर्यटक नेपाल आएका छैनन्। सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन्। गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्थे। यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन्।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको उहाँको भनाइ छ। संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

चार वर्षदेखि रोकिएको स्वास्थ्य कर कोषको रकम यो वर्ष बाँडिँदै

चार वर्षदेखि रोकिएको स्वास्थ्य कर कोषको रकम यो वर्ष बाँडिँदै

काठमाडौं : सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागेका सामाजिक संघ संस्था तथा गैरसरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयले यो वर्ष करिब चार करोड रुपैयाँ बाँँड्ने भएको छ।

लगातार चार वर्षदेखि रोकिएको कर कोषको रकम बाँड्न लागिएको स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव एवं करकोषका सदस्यसचिव पुष्करराज नेपालले बताए।

‘चार वर्षदेखि रोकिएको कर कोषको रकम हामी यो वर्ष वितरण गर्दैछौँ’, उनले भने, ‘प्रस्ताव छनोट हुनका लागि कम्तीमा, ५० अंक ल्याउनुपर्छ।’ यसरी ५० भन्दा बढी अंक ल्याएका ७४ वटा संस्थालाई अंकका आधारमा कर कोषको अनुदान रकम दिन लागिएको हो। यी ७४ वटा संस्थालाई ३ करोड ९३ लाख ९३ हजार रूपैयाँ अनुदान बाँडिँदैछ। अंक अनुसार बढी पाउनेले ७ लाख ९० हजार र कम पाउनेले ४ लाख ७७ हजार रकम अनुदान पाएका छन्।

यसअघि लगातार चार वर्षसम्म स्वास्थ्य कर कोषको रकम कहिले मन्त्री त कहिले सचिवका कारण रोकिँदै आएको थियो। चार पटक नै निवेदनका लागि सूचना जारी गरे पनि अन्तिम चरणमा रकम वितरण हुन सकेको थिएन। वितरण नहुँदा लगातार चार वर्ष बजेट फ्रिज भएको थियो।

सुर्तीजन्य पदार्थबाट उठेको करमध्ये २५ प्रतिशत स्वास्थ्य कर कोषलाई दिनुपर्ने प्रावधान छ। गत वर्ष १३ अर्ब रकम उठेको भए पनि अर्थमन्त्रालयले जम्मा ४० करोड मात्रै कर कोषलाई पठाएको थियो। ४० करोडको १० प्रतिशत रकम सुर्तीजन्य पदार्थको सेवनले हुने नकारात्मक असरका बारेमा जनचेना जगाउने संघसंस्थालाई रकम अनुदान दिने प्रावधान छ।

यसबाट उत्पन्न हुने रोगको रोकथाम, निदान, नियन्त्रण एवं उपचारका लागि कार्यक्रम सञ्चालन गर्न भन्दै उक्त रकम छुट्याउने गरिएको छ। सोही अनुसार गत कार्तिक २४ गते कर कोष सचिवालयले १५ दिनको म्याद राखी दरखास्त आह्वान गर्दै सूचना निकालेको थियो।

सचिवालयका अनुसार तोकिएको अवधिभित्र १२६ वटा संस्थाले प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये ७४ वटा संस्था छनोट गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट

प्रसूति भवन निर्माण अलपत्र, सात वर्षमा १० प्रतिशत काम

प्रसूति भवन निर्माण अलपत्र, सात वर्षमा १० प्रतिशत काम

जाजरकाेट : जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो।

तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६९\७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो। एक करोड ५० लाख रूपैयाँमा भवन निर्माण सम्पन्न हुने सम्झाैता भएकाे थियो। २०६९ वैशाख ७ मा सम्झौता भई २०७० कात्तिक ६ गते डेढ वर्षमा काम सक्ने भनिएकोे थियो।

तर सम्झौता भएको सात वर्ष बितिसक्दा भवन निर्माण पूरा हुन सकेको छैन। भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानीयवासी प्रकाश शाहीले जानकारी दिए।

समयमा भवन नबन्दा यहाँका महिला गाउँमै प्रसूति सेवा पाउनबाट वञ्चित भएका छन्। सरकारी उदासीनताका कारण काम अलपत्र परेको स्थानीयवासीको गुनासो छ। ‘न त काम अघि बढ्यो न निर्माण व्यवसायीलाई कारवाही नै भयो स्थानीय राजबहादुर शाहीले भने,‘एउटा व्यक्तिले काम नगर्दा सर्वसाधारणले दुःख पाइरहेका छन्। काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन?’

भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ। अहिले मजकोटवासीले ठेकेदारलाई कडा कारवाहीको माग गरेका छन्। व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, पत्रपत्रिकामा सूचना जारी गरेर सम्पर्कमा आउन भनिए पनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।

ताजा अपडेट