चाडबाड सकिएसँगै अस्पतालमा मधुमेहका बिरामीकाे घुइँचाे

काठमाडाैं : चाडबाड सकिएसँगै मधुमेहका बिरामी जटिलता लिएर अस्पताल धाउने क्रम बढेको छ। नेपालीहरूको प्रमुख दुई चाड दशैँ र तिहार सकिएलगत्तै अस्पतालमा सुगरका समस्या भएकाहरूको संख्या बढेको हो।
चाडबाड त हो नि भन्दै मुख नबार्दा समस्या आउने विशेषज्ञ डा. ज्योति भट्टराईले बताइन्। ‘दशैँ तिहारपछि प्रत्येक वर्ष मधुमेहका बिरामी सुगर लेबल बढाएर आउँछन्’, उनले भनिन्, ‘झण्डै ३०–४० प्रतिशत बढी बिरामी आउँछन्, यो समयमा।’ एक त यताउता यात्रा गर्ने हुँदा मानिसहरू समयमा औषधि खाँदैनन्।
एक दिनले के हुन्छ र भनेर लापरवाही गरेर औषधि नखाने पनि छन्। ‘त्यसैले यो समयमा बिरामी हेर्न मेरो अस्पतालमा भ्याइ नभ्याइ हुन्छ’, भट्टराईले भनिन्।
हामी महाराजगञ्जस्थित मेट्राे काठमाडाैं अस्पताल पुग्दा नुवाकोटकी ५४ वर्षीया शोभा शर्मा सुगर बढेर तनावमा थिइन्। आठ वर्षदेखि मधुमेह भएकी उनलाई दशैँमा पनि नै सुगर बढेको जस्तो लागेको थियो। ‘हातखुट्टा झमझम हुने समस्या भइरहेका थियो। तर तिहार सकेर जाउँला भनेर बसेँ। अहिले त अति नै गाह्रो भएर आएकी हुँ’, उनले भनिन्।
उनीसँगै बसेका ६१ वर्षीय शालिकराम सुवेदीको पनि उस्तै समस्या हो। उनको सुगर बढेर खुट्टामा असर गरेर नशामा असर गरेका बिरामी हुन् तर चाडबाड भन्यो अलिअलि खाइयो। त्यसैले अहिले बिगार्यो।
उनीहरू जस्ता थुप्रै बिरामी यस्ता छन्।न् जो चाडबाडमा खान मिलाउन नसक्दा समस्या परेर अाएका भेटिए। यसैगरी अर्को मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशीको अनुभव पनि उस्तै छ। ‘मेरो क्लिनिकमा आजभोलि सुगर बिगारेर औषधि उपचार गराउनुपर्ने बिरामीको घुइँचो नै छ’, उनले भने, ‘विशेष तिहार सकिएपछि उहाँहरू समस्या लिएर आउनुहुन्छ’, उनले भने। चाडबाड हो के गर्ने भन्नुहुन्छ। महिलाहरू बढी खाना पकाउन भान्सामा व्यस्त हुने र आफ्नो खानाको ख्याल नगर्नाले पनि समस्या आउने गर्छ’, उनले थपे।
भैँसेपाटी डायबेटिज, थाइराइड एण्ड हार्ट सेन्टरकी सञ्चालक डा. मनिषा मिश्रले भनिन्, ‘म त औषधि मिलाउँदा मिलाउँदै हैरान हुन्छु। शुरुमा दशैँमा रातो मासु खाने, तिहारमा चिल्ला खानेकुरा र लगत्तै छठमा गुलिया मिठाइ खाने गर्छन्। यी खानेकुरा थोरै खाँदा पनि मधुमेहका बिरामीलाई असर गर्छ। त्यसैले पनि समस्या बढ्छ।’
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा