यसरी मनायो स्पार्क अस्पतालले ३२ औं वार्षिकोत्सव (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : कालिमाटीस्थित प्राकृतिक चिकित्सा सम्बन्धी स्पार्क हेल्थ होम अस्पतालले आफनो ३२ औं वार्षिकोत्सव मनाएको छ ।
अस्पतालले आज शुक्रवार एक कार्यक्रमबीच ३२ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा अस्पतालले नि:शुल्क हाडजोर्नी तथा नशासम्बन्धी शिविर तथा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । आज गरिएको रक्तदान कार्यक्रममा २४ जनाले स्वतस्फूर्त रुपमा रक्तदान गरे भने ५० बढी बिरामीले नि:शुल्क सेवा र परामर्श लिएको अस्पतालले जनाएको छ ।
वार्षिकोत्सवमा हरेक वर्ष दिंदै आएको उत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष अस्पतालमा १८ वर्षदेखि कार्यरत हेल्पर सन्तोष थापालाई प्रदान गरिएको छ । उनलाई अस्पतालका प्रबन्ध निर्देशक हरि शरण रिजालले ११ हजार नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरेका थिए ।
फोटो हेरौं :
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग