क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रम गरेको छ । अस्पतालको छैठौं वार्षिकोत्सवको अवसर पारेर उक्त वाकाथन गरिएको हो ।
बिहान लगनखेलबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन लगनखेलबाट सुरु भएर जावलाखेलमा गएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए ।
नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ ६ वर्ष अघि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो । यही जेठ २० गते अस्पतालको छैठौं वार्षिकोत्सव मनाइँदैछ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights