हड्डी र जोर्नी मात्र होइन मुटु, मिर्गौला, फोक्सोसमेत बिगार्छ बाथले
आज अक्टोबर १२ अर्थात् बाथरोग दिवस। ‘चाँडोभन्दा चाँडो बाथरोगको उपचार गरौँ, उपचारमा ढिलाइ नगरौँ’ भन्ने नाराका साथ याे दिवस मनाइँदैछ।
नेपालमा बाथरोगीको संख्या दिनप्रतिदिन बढिरहेकाे छ। बाथ– हड्डी मांसपेशी र जोर्नीको दुखाइको रोग हो। यो धेरै किसिमको हुन्छ। यो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ।
बाथरोग रोग के कारणले लाग्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन तर, मानिसको आफ्नै शरीरबाट उत्पत्ति हुने रोग हो। त्यसैले पनि यसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ। कतिपय बाथ वंशाणुगत, मोटोपना, अन्य केही दीर्घरोगका कारणले पनि हुनसक्छ। यो रोग पुरुषको तुलनामा महिलामा बढी हुन्छ।
बाथ सयौँ किसिमका हुने भएकाले लक्षण पनि फरक–फरक हुन्छन्। लक्षणअनुसार र जाँच गरेर यसको उपचार गरिन्छ। बाथले हड्डी र जोर्नी मात्र होइन मुटु, मिर्गौला फोक्सोजस्ता अन्य भित्री महत्त्वपूर्ण अंगमा समेत असर पुर्याउँछ। समयमै उपचार गरिएन भने यसले मानिसलाई अपांग बनाउँछ। त्यसैले पनि वेलैमा यसकाे उपचार गर्न जरुरी छ।
बाथ कसरी चिन्ने ?
यो रोग लागेका व्यक्तिलार्इ बिहान उठ्दा हातखुट्टा अररो हुने, दुख्ने, गोलीगाँठा–जोर्नीहरु दुखने, टाउकोदेखि पैतासम्म दुख्ने हुन्छ। यस्ता लक्षण देखिएमा तत्काल जाँच गराउनुपर्छ। राेग समयमै पत्ता लगाएर उपचार गर्नुको विकल्प छैन।
बाथ सयौँ किसिमका हुने भएकाले लक्षण पनि फरक–फरक हुन्छन्। लक्षणअनुसार र जाँच गरेर यसको उपचार गरिन्छ। बाथले हड्डी र जोर्नी मात्र होइन मुटु, मिर्गौला फोक्सोजस्ता अन्य भित्री महत्त्वपूर्ण अंगमा समेत असर पुर्याउँछ। समयमै उपचार गरिएन भने यसले मानिसलाई अपांग बनाउँछ। त्यसैले पनि वेलैमा यसकाे उपचार गर्न जरुरी छ।
त्यसो त नेपालमा बाथरोगसम्बन्धी जनचेतना बढेको छ, सँगसँगै रोगीको संख्या पनि बढिरहेको छ। जनचेतनाको कमीले गर्दा धेरै मानिस बाथरोगका कारण कुँजिने गरेका छन्। नेपालमा अझै पनि याे रोगबारे पर्याप्त जनचेतना पुगेको छैन। भएका पनि शहरकेन्द्रित छन्। त्यसैले बाथराेगसम्बन्धी सचेतना गाउँगाउँसम्म पुर्याउन जरुरी छ।
नेपालमा ‘रुमाटिक’ बाथ र हड्डी खिइने अर्थात् ‘ओस्टिपोरोसिस’ सबैभन्दा बढी छ। रुमाटिक बाथले हड्डीको कार्टिलेजलाई असर गरी हड्डी बंगाएर कुजो बनाउँछ।
ओस्टिपोरोसिस बाथमा उमेरको कारणले हड्डी खिइँदै जान्छ, जसले गर्दा हिँडडुल गर्न गाह्रो हुन्छ।
सबै बाथराेग पुरुषमा भन्दा महिलामा बढी हुन्छ। केही बाथ विशेषागरी महिलामा मात्र देखिन्छ। त्यसैले पनि महिलाहरू अझ बढी सचेत हुनुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य