काठमाडौंका सडकमा फोहोर नै फोहोर, राेग फैलिन सक्ने चेतावनी

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंका सडक यतिबेला फोहोरका थुप्राले भरिएका छन्। सरकार स्थानीय निर्वाचनमा होमिएका बेला उता सडकमा भने फोहोरका थुप्रोले संक्रामक रोग निम्त्याउने अवस्था सिर्जना गरेको छ । काठमाडौंको मेयर पदमा प्रतिस्पर्धा भइरहँदा महानगरको मुख्य काम फोहोर व्यवस्थापन भने अलपत्र परेको देखिन्छ । जसका कारण चुनाव अघि देखिको फोहोर सडक सडकमा अलपत्र देखिएका छन्।
अनेक थरीका फोहोर बाटोमा यत्तिकै धेरै दिनसम्म रहँदा यसबाट संक्रामक रोग निम्तिन सक्ने बताउँछन सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन । उनले पानी परिरहेकाले पनि यसको संक्रमणको जोखिम अझ बढी हुनसक्ने भन्दै यसको व्यवस्थापन हुन पर्ने बताए ।
जनस्वास्थ्यसँग सिधै जोडिएको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर बेला बेलामा चुक्दै आएको छ । कहिले फोहोर डम्पिङ साइटको विवाद र त कहिले बाटो बिग्रने समस्या त कहिले महानगरको आफनै जनशक्तिको कारणले यो समस्या आइरहेको देखिन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights