उत्तर प्रदेशमा आँधी र चट्याङ, १५ जनाको मृत्यु
भारतको उत्तर प्रदेशका अधिकांश क्षेत्रमा बढेकाे गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मौसम विभागका अनुसार मंगलबार राज्यको पूर्वी क्षेत्रमा भने धुले आँधीका कारण जनजीवन प्रभावित भयो । केही ठाउँमा पानी पनि परेको छ ।
मंगलबार राति आएको धुले आँधी तथा चट्याङ लागेर उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको एक सरकारी अधिकारीले बताएका छन् । यस्तै घटनामा अरु १० जना घाइते भएका छन् ।
मंगलबा राति उन्नाव जिल्लामा ६, रायबरेलीमा तीनजना तथा कानपुर, पीलीभीत र गोण्डामा दुई दुई जनाको ज्यान गएको उत्तर प्रदेशका अधिकारी सञ्जय कुमारले बताएका छन् । यस्तै चट्याङका कारण उन्नावमा पाँच, रायबरेलीमा दुई तथा कानपुरमा दुईजनाको ज्यान गएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै