उत्तर प्रदेशमा आँधी र चट्याङ, १५ जनाको मृत्यु
भारतको उत्तर प्रदेशका अधिकांश क्षेत्रमा बढेकाे गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मौसम विभागका अनुसार मंगलबार राज्यको पूर्वी क्षेत्रमा भने धुले आँधीका कारण जनजीवन प्रभावित भयो । केही ठाउँमा पानी पनि परेको छ ।
मंगलबार राति आएको धुले आँधी तथा चट्याङ लागेर उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको एक सरकारी अधिकारीले बताएका छन् । यस्तै घटनामा अरु १० जना घाइते भएका छन् ।
मंगलबा राति उन्नाव जिल्लामा ६, रायबरेलीमा तीनजना तथा कानपुर, पीलीभीत र गोण्डामा दुई दुई जनाको ज्यान गएको उत्तर प्रदेशका अधिकारी सञ्जय कुमारले बताएका छन् । यस्तै चट्याङका कारण उन्नावमा पाँच, रायबरेलीमा दुई तथा कानपुरमा दुईजनाको ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?