काठमाडौंमा काेराेना : सावधानी अपनाइएन भने न्यूयोर्क जस्तो भयावह स्थिती आउन सक्छ
काठमाडौं उपत्यका अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको पाइन्छ । पछिल्लो समय अस्पताल उपचारका लागि आएका बिरामीमा धमाधम कोरोना पुष्टि हुनुले पनि उपत्यका अब झनै जोखिममा रहेको संकेत गर्छ । त्यसो त केही दिन यता काठमाडौं भक्तपुर ललितपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तर जोखिम बढदै जाँदा लकडाउन भने दिनप्रतिदिन खुकुलो हुँदै गएको छ । असार लागेदेखि नै उपत्यकामा लकडाउन नाम मात्रको देखिएको छ । सार्वजनिक यातायात बाहेक सबै क्षेत्र खुलेका छन्। जसले गर्दा बाहिर मानिसहरुको भिडभाड बढेको छ । यतिसम्मकी मानिसहरु कोरोनाबाट बच्ने सामान्य तरिका मास्क समेत लगाउन छोडेका छन्। कतिपय त घरमा बस्न दिक्क लाग्यो भनेर बजार र सपिङ मलहरुमा यतिकै घुमेको पनि देखिन्छ ।
सरकारले जुनबेला कोरोनाको एउटा दुइ वटा केस देखिएको थियो, जोखिम कम थियो त्यसबेला पूर्ण लकडाउन गर्यो मानिसहरु पनि त्रसित बनेर घरभित्रै बसे । तर जति जति कोरोना संक्रमित बढ्दै गए अनि जोखिम बढ्दै गयो त्यसपछि लकडाउन पनि खुकुलो हुँदै गयो । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भयो भन्दै धेरै मानिसहरु बाहिर निस्कन थालेका छन्। तर जोखिमकाबारेमा कसैले ध्यान दिएको पाइँदैन ।
हामीकहाँ पनि अब एक्कासी संक्रमण फैलिएर बिरामीले बेड पाउन गाह्रो हुनसक्छ । त्यसैले अझै केही समय कडा लकडाउन गर्नेपर्छ । परीक्षणको दायरा बढाउनैपर्छ । भेन्टिलेटर नपाउने, आइसीयू नपाउने एवं शव व्यवस्थापनको समस्या आउनसक्ने स्थिती नआउला भन्न सकिन्न । त्यसका लागि तयार हुन जरुरी भइसकेको छ ।अस्पतालमै संक्रमण देखिएकाले बिरामीलाई सकेसम्म अस्पताल जाने वातावरण नबनाउन सरकारले टेलिमेडिसिन जस्ता अल्टरनेटिभ सेवा दिनेतिर किन सोचिरहेको छैन्। अस्पताल जाने क्रममा कम गर्नेपर्छ ।
लकडाउन लामो समय गर्न हुँदैन यसले आर्थिक मन्दी ल्याउने मात्रै हैन् मानिसको दैनिक गुजारा चलाउन नै मुश्किल पार्छ तर त्यो भन्दा ठुलो रोग भित्रिनै नदिन तयारी हुनुपर्ने हो । त्यो तयारी कही पनि देखिंदैन । लककडाउन चाहिएको बेला कडा र नचाहिंदा लुज गर्न सकिन्छ । तर सरकारले त्यस्तो गरेको देखिंदैन । सरकारले पहिलो दुई महिनाको लकडाउन पूर्ण रुपमा खेर फालेको देखिन्छ । यो समय रोग भित्रिन नदिन तयारी गर्ने समय मात्र हो । यो नै अस्त्र हैन् । तर यो समय सरकारले लकडाउन गरे पुग्छ झैं गरेर खेर फालेको देखिन्छ । जसका कारण अब के गर्ने भन्ने योजना नै छैन्। मानिसहरु पनि कोरोना जोखिमका बारेमा बिर्सदै गएको भान हुन्छ । नेपालीको इम्युन सिस्टम बलियो छ भन्दै लापरवाही गरेको पनि देखियो । तर यही विचमा ३५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्। यो सानो संख्या हैन्।
नेपालमा यदि यही अवस्था रहे कोरोना संक्रमण कम्युनिटीमा जाने मात्र हैन यसले भयावह अवस्था सिर्जना गर्नसक्छ । यसबारे सरकारले केही ठोस कदम चलाउन जरुरी भइसकेको छ । अझै पनि सरकारले कतिवटा भेन्टिलेटर चाहिने, आइसीयू सेटअप कस्तो हुनुपर्ने , त्यसमा काम गर्ने दक्ष जनशक्ति कति हुनुपर्ने लगायतका विषयमा केन्द्रित भए जस्तो देखिन्न । संक्रमण अहिलेसम्म युवाहरुमा धेरै देखिएकाले पनि मृत्युदर कम देखिएको छ तर यही संत्रमण वृद्धवृद्धामा देखिन थाल्यो भने भेन्टिलेटर चाहिने संक्रमित र मृत्यु हुने दर ह्वात्तै बढ्छ । यसबारे सरकारले के सोचेको छ कसैलाई थाहा छैन्। सर्वसाधारणले पनि कोरोनालाई सामान्य ठानेर जसरी बाहिर निस्कीरहेका छन् यसलाई रोक्नै पर्छ । काम नपरी घर बाहिर ननस्किने , कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने जस्ता कार्य अझै केही समय गर्नेपर्छ । आज गरिएको लापरवाहीले पछि ठुलो क्षति हुनसक्छ ।
सरकारले जुनबेला कोरोनाको एउटा दुइ वटा केस देखिएको थियो, जोखिम कम थियो त्यसबेला पूर्ण लकडाउन गर्यो मानिसहरु पनि त्रसित बनेर घरभित्रै बसे । तर जति जति कोरोना संक्रमित बढ्दै गए अनि जोखिम बढ्दै गयो त्यसपछि लकडाउन पनि खुकुलो हुँदै गयो । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भयो भन्दै धेरै मानिसहरु बाहिर निस्कन थालेका छन्। तर जोखिमकाबारेमा कसैले ध्यान दिएको पाइँदैन ।
यो स्पष्ट छ की कोरोना भाइरस अब लामो समयसम्म रहनेछ । किनकी ५५ देखि ६० प्रतिशत सम्म सर्वसाधारणमा फैलिसकेपछि मात्र हर्ड इमयुनिटी पैदा हुनसक्छ । त्यसपछि मात्रै बिस्तारै कम हुन्छ । यसलाई रोक्न सक्ने कुनै उपाय अहिले सम्म छैन्। तुरुन्त खाेप बन्ने संकेत पनि देखिएको छैन्। त्यसकारण यसबाट बच्न लकडाउन कडा गर्दै संक्रमणको डाटामा आधारित भएर लकडाउन कहाँ लुज गर्ने र कहाँ कडा गर्ने निती सरकारले बनाउनैपर्छ । हैन भने स्थिती नियन्त्रण बाहिर जान थाल्छ ।
हामीलाई थाहा छ अहिलेसम्म कोरोना जति एक्कासी फैलिने भयावह स्थिती पैदा गर्ने अर्को कुनै भाइरस थिएन र छैन्। हामीकहाँ पनि अब एक्कासी संक्रमण फैलिएर बिरामीले बेड पाउन गाह्रो हुनसक्छ । त्यसैले अझै केही समय कडा लकडाउन गर्नेपर्छ । परीक्षणको दायरा बढाउनैपर्छ । भेन्टिलेटर नपाउने, आइसीयू नपाउने एवं शव व्यवस्थापनको समस्या आउनसक्ने स्थिती नआउला भन्न सकिन्न । त्यसका लागि तयार हुन जरुरी भइसकेको छ । अस्पतालमै संक्रमण देखिएकाले बिरामीलाई सकेसम्म अस्पताल जाने वातावरण नबनाउन सरकारले टेलिमेडिसिन जस्ता अल्टरनेटिभ सेवा दिनेतिर किन सोचिरहेको छैन्। अस्पताल जाने क्रममा कम गर्नेपर्छ ।
अहिले काठमाडौंवासीले गरेको लापरवाही हेर्दा लाग्छ कोरोना अब हामीकहाँ छैन्। तर स्थिती फरक छ । यही अवस्था रहेमा संक्रमण समूदायमा पूरै फैलिन्छ र हाम्रो नियन्त्रणमा हुने छैन्। यसरी नै लापरवाही गर्ने हो भने नेपालमा पनि मुम्बई र न्यूयोर्कको जस्तो स्थिती नआउला भन्न सकिन्न।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा