स्वास्थ्यमा बढ्यो बजेट
जेठ १६,काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट दुई वर्षपछि बल्ल वृद्धि भएको छ।
मंगलबार सार्वजनिक भएको बजेट अनुसार सरकारले स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७५र०७६ का लागि कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत गरिँदा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको छ। यो बजेट चालू आर्थिक वर्ष २०७४र०७५ भन्दा शून्य दशमलब ४३ प्रतिशत बढी हो।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ३ दशमलब ८६ प्रतिशत बजेट स्वास्थ्यलाई दिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७३र०७४ मा स्वास्थ्यले ४ दशमलब शून्य सात प्रतिशत बजेट पाएको थियो। त्योभन्दा अघिल्लो वर्ष भने स्वास्थ्यले कुल बजेटको ५ प्रतिशत पाएको थियो।
बजेटको अंकका आधारमा हेर्दा स्वास्थ्यको यो बजेट चालु वर्षमा भन्दा ९ अर्ब ७३ करोड बढी हो। २०७४र०७५ का लागि स्वास्थ्यले ४६ अर्ब ६८ करोड बजेट पाएको थियो।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङभन्दा १३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बढी बजेट दिएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई जम्मा ४२ अर्ब ९५ करोड रुपैयाँको बजेट सिलिङ दिएको थियो।
चालू वर्षको भन्दा पनि झन्डै ४ अर्ब कमको बजेट सिलिङ आएपछि सरकारको विरोध भएको थियो। स्वास्थ्य मन्त्रालयदेखि विभिन्न संघसंस्थाले स्वास्थ्यमा बजेट बढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो। सरकारले त्यही आधारमा सिलिङ भन्दा बढी बजेट विनियोजन गरेको हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य