कोरोनाको त्रास र मानसिक स्वास्थ्य
नोभल कोरोना भाईरस (कोभिड—१९) को संक्रमणका कारण नेपाल सरकारले गत मंगलवार विहान ६ः०० बजे देखि गरेको लकडाउनले गर्दा अरुबेला व्यस्त रहने नेपालका अधिकांश ठाउँहरु अहिले सुनसान भएका छन् । अधिकांश मानिसहरुको व्यस्त रहने गरेको दैनिकी अहिले घर र कोठा भित्र सिमित भएको छ । संक्रमणको यस घडीमा आफू सुरक्षित रहन अरु भन्दा टाढीएर बस्नु उपयुत हुन्छ तर साथसाथै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्न पनि उतिकै जरुरी हुन्छ ।
लामो समयसम्म आफन्त साथीभाईहरु संग टाढीएर बस्नु पर्दा र गर्नुपर्ने ठोस काम नहुँदा दिक्क लाग्नु स्वाभाविक हो । तर यहि समयलाई सिर्जनात्मक रुपमा उपयोग गर्न सकेमा यसले धेरै हदसम्म मानसिक स्वास्थ्यलाई सबल र सकारात्मक पार्न मद्दत पुर्याउँछ।
यो बेला आफ्ना नजिकका आफन्तसँग नियमित सम्पर्कमा रहन सामाजिक संजालको प्रयोग गर्नु राम्रो उपाय हो । त्यसैंले सामाजिक संजालको प्रयोग गरेर भावनात्मक दुरीलाई घटाउन सकिन्छ, साथसाथै नयाँ सन्देश र सूचनाहरु पनि प्राप्त गर्न सहज हुन्छ । कोभिड्र—१९ को बारेमा अहिले अनेकन हल्ला र अफवाहहरु पनि सम्प्रेषण भैरहेका छन् । जसले गर्दा मानिसहरु त्रासमा छन्, यस्तो त्रासले विकराल रुप लिएमा भिन्न खालका मानसिक समस्या निम्त्याउन्छ जसलाई नोसोफोबिया भन्ने गरिन्छ । नोसोफोयिबा मानसिक समस्या हो । कुनैपनि एउटा रोग लाग्ला भनेर भयानक डरलाग्ने यो अवस्थामा चक्कर लाग्ने, डरले पसिना छुट्ने, निन्द्रा बिग्रने, मुटुको धडकन तेज एवं श्वास फेर्न गाह्रो भएको महशुस हुने गर्दछ । नोसोफोबिया एकपटक भएको व्यक्तिमा यसले दीर्घकालीन मानसिक असर पार्न सक्छ ।
त्यसैले सूचनाहरु लिंदा आधिकारीक स्रोतका सूचनाहरुलाई मात्र प्राथमिकता दिने र त्रासलाई न्यूनीकरण गरेर बस्नु नै उचित हुन्छ । यसबाहेक घरका सदस्यसँग रमाइला कुरा गर्ने, इनडोर गेम खेल्ने, बिहानमा ध्यान योगा गर्न सकिन्छ । यसले शारीरिक र मानसिक रुपमा फाइदा पुर्याउँछ । लामो समयदेखि घरमा समय दिन नसकेकाहरुका लागि यो समय अति उत्तम हुनसक्छ । घरमा बच्चा छन् भने उनीहरुसँग खेल्ने गर्नुपर्छ ।
लकडाउनका कारण घरैमा बस्दा आफूलाई व्यस्त राख्न आफ्ना रुचिका कामहरु गर्न सकिन्छ । चित्र कोर्ने, संगितमा लाग्ने, कथा कविता रचना गर्ने, ग्राफिक डिजाईन जस्तोमा व्यस्त रहने रुचिका कुराहरुले यो समयलाई सिर्जनात्मक रुपमा व्यतित गर्न मद्दत गर्दछ । घरैमा बसेर रमाइला र बौद्धिक किताबहरु पढ्न सकिन्छ। अनलाईन कोर्षहरु पनि लिन सकिन्छ । जसले गर्दा समय पनि छिटै बित्छ र ज्ञान पनि लिन सकिन्छ।
सुभाष नायजु, जनस्वास्थ्य विभाग, एशियन कलेज फर एड्भान्स स्टडीज् ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने