Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुख स्वस्थ भए मात्र शरीर स्वस्थ हुन्छ (भिडियोसहित)

मुख स्वस्थ भए मात्र शरीर स्वस्थ हुन्छ (भिडियोसहित)

मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । शरीरको प्रवेशद्धार नै मुख हो । यो मुख नै स्वस्थ भएन भने अन्य अंग पनि स्वस्थ हुँदैन । खानेकुरा सेवन गर्नुअघि हातमुखको सफाइ जति महत्त्वपूर्ण छ, खाना खाइसकेपछि दाँतको सफाइ गर्नु पनि उत्तिकै जरुरी छ। खाना खाँदा दाँतको बिच भागमा गएर अड्किएको हुन्छ। राम्ररी सफा नगर्दा त्यो खानेकुरा कुहिएर कीटाणु उत्पन्न भई दाँत बिग्रिने सम्भावना हुन्छ। दाँतमा अड्केको खानेकुराको अंश सफा गर्ने हो भने मुख तथा दाँतमा हुने रोग नियन्त्रण गर्न सकिन्छ। मुख स्वस्थ भए शरीर पनि स्वस्थ हुन्छ। अन्य अंगमा रोग लागेको पनि मुखबाटै थाहा पाउन सकिन्छ । यदि कुनै अंगमा समस्या भए मुखमा घाउखटिरा आउन सक्छन्।

मुख वा दाँत स्वस्थ राख्न खानेकुरामा पनि ध्यान दिनुपर्छ। रेसादार हरियो सागसब्जी र दुग्धजन्य पदार्थ सेवन गर्नुपर्छ। ज्यादै टाँसिने र साह्रो खानेकुरा खानु हुँदैन। अत्यन्त चिसो वा तातो पदार्थ खानु हुँदैन। अत्यन्त गुलिया पदार्थ पनि दाँतका लागि हानिकारक नै हुन्छन्।

शररिका अन्य अंग परीक्षण गरेजस्तै ६\६ महिनामा नियमित रुपमा दन्त परीक्षण गर्दा दाँतमा हुने समस्या समयमै निर्क्याेल गर्न सकिन्छ। त्यसैले बिहान खाना खाइसकेपछि तथा साँझ खाना खाइसकेपछि वा सुत्नुअघि दाँत माझ्नुपर्छ। दाँतको सरसफाइका लागि दिनमा दुई पटक ब्रस गर्ने। यसरी सफा गर्दा दाँतमा अड्किएका खानाका कण निस्कन्छन् र मुख पनि गनाउँदैन।

सुर्तीजन्य पदार्थ, मदिरा आदिले मुखको स्वास्थ्यलाई हानि गर्ने भएकाले यस्ता पदार्थ नखाएको नपिएको राम्रो। सुपारी, गुट्खा आदि पदार्थ पनि मुख र दाँतका लागि राम्रो होइन।

साथै शररिका अन्य अंग परीक्षण गरेजस्तै ६\६ महिनामा नियमित रुपमा दन्त परीक्षण गर्दा दाँतमा हुने समस्या समयमै निर्क्याेल गर्न सकिन्छ। त्यसैले बिहान खाना खाइसकेपछि तथा साँझ खाना खाइसकेपछि वा सुत्नुअघि दाँत माझ्नुपर्छ। दाँतको सरसफाइका लागि दिनमा दुई पटक ब्रस गर्ने। यसरी सफा गर्दा दाँतमा अड्किएका खानाका कण निस्कन्छन् र मुख पनि गनाउँदैन।

दैनिक रूपमा आठ मिनेट मुखको स्वास्थ्यलाई छुट्याउनुपर्छ। बिहानको खाना सेवन पश्चात चार मिनेट तथा बेलुका सुत्नुअघि चार मिनेट छुट्याएर मुख र दाँतको सफाइ गर्ने हो भने मुखसम्बन्धी ९० प्रतिशत रोगबाट छुटकारा पाउन सकिन्छ। ब्रस गरिसकेपछि सफा पानीले कुल्ला गर्नुपर्छ। दाँत सफाइका लागि नरम ब्रस र फ्लोराइड भएको टुथपेस्ट आवश्यक पर्छ। यसका साथै समस्या नै नभए पनि हरेक ६ महिनामा दन्तरोग विशेषज्ञसँग दाँत तथा मुख परीक्षण गराउनुपर्छ ।

भिडियो:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?