मधुमेह भएकाले यसरी बच्नुस् कोरोना संक्रमणबाट

अहिले विश्वभर कोरोना भाइरस संक्रमण (कोभिड १९) को त्रास छ। त्यसो त सबै उमेर समूहका व्यक्तिहरू यो राोगबाट प्रभावित छन्। तर पनि ज्यान गुमाउने तथ्यांक हेर्दा वृद्धावृद्धा बढी छन्। यसको अर्थ के भने शरीरमा रोग प्रतिरोधक क्षमता (इम्युनिटी पावर) कम भएका व्यक्तिले यसबाट ज्यान गुमाउने रहेछन्।
दीर्घरोगको समस्या भएकाहरूलाई यसले चाँडो असर गर्छ। विशेषगरी मधुमेह मुटुरोग, मिर्गाैलारोगी र क्यान्सर भएकाहरूलाई निकै छिटो आक्रमण गर्छ। दीर्घरोग भएका मानिसहरुमा रोगसँग लड्न सक्ने क्षमता कम भएका कारणले गर्दा उनीहरुलाई चाँडो र गम्भीर असर गर्ने हो।
सरकारी निकायले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिनसकेको दाबी गर्दै आएका छन्।
विश्वका १६५ देशमा फैलिसकेकाले ढुक्क भएर बस्नेअवस्था छैन। त्यसैले मधुमेहलगायत बिरामीले याे संक्रमणबाट बच्न धेरै सचेतना अपनाउनुपर्छ। मधुमेह भएकाले कोराना भाइरस संक्रमण हुन नदिन ध्यान दिनुपर्ने कुरा–
व्यक्तिगत सरसफाइमा ध्यान दिने
हात साबुनपानीले मिचीमिची धुने
घुइँचो भएको वा भीडभाडमा नजाने
साथीभाइ वा आफन्तको जमघटमा दूरी कायम गर्ने
रुघाखोकी ज्वरो प्रभावितहरूसँग कुरा गर्नुपरे निश्चित दूरी राख्ने
तातोपानी पिउने, प्रशस्त झोलकुरा खाने
रूघाखोकीको संक्रमणबाट बच्न इन्फ्लुयन्जाको खोप लगाउने।
यी त भए संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानी, संक्रमण भएको आशंका लागे छुट्टै (क्वारेनटाइन) मा बस्नुपर्छ। मधुमेह भएकाहरूले क्वारेन्टाइनमा बस्दा पनि सुगर नियन्त्रण गर्न आवश्यक हुन्छ। आफूलाई आवश्यक पर्ने ग्लुकाेमिटर, औषधि र इनसुलिन पर्याप्त मात्रामा किनेर राख्नुपर्छ। आफूलाई चाहिने खानाको जोहो गर्नुपर्छ। पानी प्रशस्त मात्रामा पिउन भुल्नुहुँदैन। हात राम्रोसँग धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ।
हेर्नुहाेस् भिडियाे
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा