हानिकारक पनि हुनसक्छ कागती सेवन
कागती बहुउपयोगी फल हो। यो स्वास्थ्यका लागि मात्र होइन सौन्दर्यवृद्धिका लागिसमेत उपयोगी मानिन्छ यसमा भिटामिन सी, पोटासियम र फाइबर पाइन्छ। कतिपय अवस्थामा कागती सेवन हानिकारक पनि हुनसक्छ।
एसिडको मात्रा धेरै हुने हुनाले कागतीको रस अत्यधिक सेवन गर्दा पेट खराब हुनसक्छ।
कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ। धेरै मात्रामा कागतीको सेवन गर्दा दाँत कुँडिने समस्या हुन्छ।
कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ। यसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ।
कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्दा शरीरमा पुगेर स्टोन बन्न सक्छ। मिर्गौला र पित्ताशयको थैलीमा पत्थरको रूप लिन सक्छ।
कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ। यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ। यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुनसक्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’