Health TV Online
Health TV Online
Health TV Online

शरीर र मन स्फूर्त राख्छ मसाजले

शरीर र मन स्फूर्त राख्छ मसाजले

मसाज भन्ने बित्तिकै हामी रोग लागेपछि मात्रै गर्ने भन्ने बुझ्छौँ। मसाज कुनै रोग लागेपछि मात्र होइन स्वस्थ मानिसले पनि गर्दा यसले शरीरमा स्फूर्ति बढाउँछ।

शरीरलाई स्वस्थ राख्ने मात्र हाेइन मसाजले मन मस्तिष्क पनि स्वस्थ बनाउँछ। मानसिक र शारीरिक रूपमा यसले स्फूर्त बनाउँछ। नियमित व्यायाम गरेजस्तै नियमित मसाजले धेरै रोगबाट बच्न सकिन्छ।

नेचरोप्याथी अस्पताल भएकाले हामीकहाँ धेरैजसो हाडजोर्नी दुख्ने, प्यारालाइसिस, नशा च्यापिएका र बाथरोगका बिरामी धेरै आउँछन्। डाक्टरले यो मसाज गर्ने भनेर लेखेपछि मात्र हामी रोग अनुसार त्यही खालको मसाज गर्छौँ।

हामीले कसलाई कस्तो खालको मसाज गर्ने भन्ने टेक्निक हुन्छ। बिरामीको रोगअनुसार ‘प्वइन्ट’ पत्ता लगाएर त्यही टेक्निक बमोजिम मसाज गर्छौँ। नसा च्यापिएका, प्यारालाइसिसको बिरामीलाई दैनिक रूपमा रुटिन बनाएर अलि धेरै समयसम्म मसाज गर्नुपर्ने हुन्छ। स्वस्थ मानिसले सातामा एक पटक मसाज गर्दा राम्रो हुन्छ।

हामीकहाँ धेरै बिरामी निको भएर गएपछि पनि नियमित मसाज गर्न आउँछन्। आजभोलि कतिपय त स्वास्थ्यप्रति धेरै नै सजग छन्। उनहरू एक दिन बिराएर ‘होल बडी’ मसाज गर्न आउँछन्।

जाडो महिनामा त आयल मसाज गर्दा शरीरलाई न्यानो राख्न मात्रै हाेइन रक्तसञ्चार राम्ररी गराउन पनि मद्दत गर्छ। त्यसैले आमाले आफ्नो बच्चालाई घाममा राखेर तेल लगाउने चलन थियो। त्यो असाध्यै वैज्ञानिक चलन हो। त्यसबेला हाम्रा पूर्वजलाई विज्ञान थाहा थिएन होला तर तेल लगाउँदा बच्चा स्वस्थ हुन्छ भन्ने बुझेर नै मसाज गर्थे।

जाडोमा हाम्रो शरीर सुख्खा भइरहेको हुन्छ यो वेला अझ बढी मसाज गर्नुपर्छ। यसले एक त चिसोबाट बचाउँछ अर्को कुरा फूर्तिलो हुन पनि सहयोग गर्छ ।

मसाजका फाइदा

मसाजले हाडजोर्नीको दुखाई कम गराउँछ।

शरीरको रक्तप्रवाहलाई नियमित बनाउन सहयोग गर्छ।

शरीरलाई फूर्तिलो बनाउन सहयोग गर्छ।

मसाजले शरीरलाई मात्र नभएर मस्तिष्क समेत स्फूर्त राख्न सहयोग पुर्‍याउँछ।

मसाजले मानसिक तनाव र थकान हटाउन मद्दत गर्छ।

मसाजले मन र शरीर दुबै चंगा बनाउँछ।

मसाज थेरापिस्ट शर्मिला कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?