अनुहारको चाउरीपना हटाउने ‘बोटक्स’ कति सुरक्षित ?

‘बोटक्स’ चाउरीपना हटाउने विश्वभर चलनचल्तीमा रहेको प्रभावकारी कस्मेटिक उपचार पद्धति हो। यो इन्जेक्सनको माध्यमबाट दिइन्छ। बोटक्सबारे पछिल्लो समय अझ चर्चा हुन थालेको छ। विशेषगरी यो महिलाहरुले बढी प्रयोग गर्छन्। यद्यपि इन्टरटेन्टमेन्ट इन्डस्ट्रीमा काम गर्ने पुरुषहरूले पनि बोटक्स लगाउने गरेको पाइन्छ। उपचार गरेको तीन दिन देखि नै परिणाम देखिने हुँदा यो धेरैको रोजाइमा परेको छ। बोटक्स लगाएको तीन दिनदेखि एक सातामा यसले काम गर्छ र बिस्तारै चाउरीपना हट्दै जान्छ।
त्यसो त अनुहारमा आएको चाउरीपना हटाउन ‘केमिकल पिलिङ’, ‘लेजर’ लगायतका अन्य उपचार विधि पनि छन्, जसले अनुहारको चाउरीपना हटाउनेदेखि चमक ल्याउनेसम्मका काम गर्छन्। यो लामो समयसम्म गर्न पर्ने भएकाले धेरैको रोजाइमा बोटक्स नै पर्छ। तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बाेटक्स नै हो।
बोटक्स एक किसिमको केमिकल हो। यसले शरीरमा मांसपेशी र नशाबीच चलायमान हुने कामको सम्बन्धलाई छुट्याइदिन्छ, जसले गर्दा मसल खुम्चिन र तन्किन बन्द हुन्छ। त्यसैले बोटक्स लगाएको भागमा छाला खुम्चिन पाउँदैन। कुन भागमा बोटक्स लगाउने हो त्यसको सही प्वइन्ट पत्ता लगाएर इन्जेक्सन दिइन्छ। तीन देखि ६ महिनासम्म यसको असर रहिरहन्छ।
त्यसो त अनुहारमा आएको चाउरीपना हटाउन ‘केमिकल पिलिङ’, ‘लेजर’ लगायतका अन्य उपचार विधि पनि छन्, जसले अनुहारको चाउरीपना हटाउनेदेखि चमक ल्याउनेसम्मका काम गर्छन्। यो लामो समयसम्म गर्न पर्ने भएकाले धेरैको रोजाइमा बोटक्स नै पर्छ। तुरुन्त रिजल्ट चाहिनेलाई भने सबैभन्दा बढी प्रभावकारी बाेटक्स नै हो।
चाउरीपनाका आधारमा यो कतिसमम रहने भन्ने हुन्छ। बढी चाउरीपना र छालाको प्रकृति अनुसार पनि यसको असर कति सम्म रहन्छ भन्ने हुन्छ। त्यसैले हामी तीनदेखि ६ महिना भन्छौँ।
बोटक्स कस्मेटिक रूपमा राम्रो हुन मात्र हाेइन उपचारमा पनि प्रयोग गरिन्छ। यो डेढो आँखा सिधा गर्न ‘सर्भाइकल डिस्टोनियामा, क्रोनिक माइग्रेन’मा नशा रोग विशेषहरूले पनि यसको प्रयोग गर्छन्।
यसैगरी बोटक्स तुरुन्त र एक सातादेखि एक महिनासम्मका लागि पनि लगाउन सकिन्छ। यस्तो उपचारलाई मेजो बोटक्स भनिन्छ। यो सुपरफिसियल रूपमा उपचार गरिन्छ। तुरुन्त रिजल्ट आउने हुँदा कसैको विवाह भोज, व्रतबन्ध, पूजा आदिका लागि तत्कालका लागि बोटक्स लगाएर अनुहारको चाउरीपना हटाउने चलन पनि बढ्दो छ। यसका लागि न त धेरै समय नै लाग्छ, न त धेरै खर्च नै। १० देखि १५ मिनेटमै बोटक्सको सम्पूर्ण उपचार सकिन्छ। चाउरीपना पनि दोस्रो दिन देखि नै हट्न थाल्छ।
कुन उमेर समूहले लगाउन मिल्छ?
हुन त यो उमेरसँगै आउने चाउरीपना हटाउन बोटक्स लगाइने हुँदा ३० वर्ष पछि नै लगाउने चलन छ। तर १८ वर्ष पुगेकाले यो बोटक्स लगाउन सक्छन्। तर ३० वर्ष पछिकाले बढी लगाउँछन्। विदेशमा बस्ने र नेपाल आउँदा यो उपचार गरेर जाने धेरै छन्। बोटक्सको असर ६ महिनापछि बिस्तारै कम हुँदै जान्छ। त्यसैले यो ६ महिनामा लगाउँदा राम्रो हुन्छ।
खासगरी अनुहारमा बोटक्स गरिन्छ। निधारमा देखिने मसिना फाइन लाइनदेखि चिउँडो, आँखा वरिपरी बोटक्स गरिन्छ। नाकको वरिपरी, घाँटीमा पनि बोटक्स गरिन्छ। कति चाउरीपना छ, कुन कुन अंगको चाउरीपना हटाउने हो, त्यसअनुसार यसको उपचार खर्च निर्धारण गर्छ। जति धेरै ठाउँमा गरियो त्यति नै बढी खर्च लाग्छ।
कतिको सुरक्षित?
बोटक्स सुरक्षित हुँदाहुँदै पनि कहिलेकाहीँ यसको नकारात्मक असर देखिनसक्छ। यदि सही ठाउँमा बोटक्स लगाइएन भने यसले विभिन्न साइड इफेक्ट देखाउँछ। कतिपय अवस्थामा मुखै बांगिन पनि सक्छ। यसको असर ६ महिनासम्म देखिने हुँदा ६ महिनासम्म मुख बांगिन सक्छ। त्यसैले बोटक्स दक्ष चिकित्सकसँग मात्रै लगाउनुपर्छ, जसले शरीरका सबै अंगको बारेमा पढेका हुन्छन्। विज्ञापनको भरमा बोटक्स लगाउन जानु हुँदैन। राम्रो बन्ने सुरमा झनै कुरुप बन्ने सम्भावना हुन्छ। बाेटक्स लगाउँदा बुझेर मात्र लगाउनुपर्छ ।
दक्ष र अनुभवी चिकित्सकसँग परामर्श गरी लगाउँदा भने यसले तपाइँलाई चाउरीपना हटाउने मात्र होइन, आत्मविश्वास पनि बढाउँछ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा