मस्तिष्कघातबाट बच्ने उपाय : जीवनशैली र खानपानमा विचार
मस्तिष्कको काम शरीरलाई सन्तुलनमा राख्ने हो। मस्तिष्कमा भएका नसा फुट्दा वा खुम्चिँदा अक्सिजन रोकिने भएका कारण मस्तिष्कले पूरा काम गर्न नसक्ने अवस्थालाई मस्तिष्काघात भनिन्छ। मस्तिष्काघात भनेको शरीरमा भएको रगतनलीको समस्या हो। उच्च रक्तचाप, मधुमेह जस्ता समस्याहरु अनियन्त्रित छन् भने यो समस्या सिर्जना हुन सक्छ।
यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ। मस्तिष्काघात धरै किसिमका हुन्छन्। स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टीआईए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन्।
जतिसक्दो चाँडो अस्पताल पुर्याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ। मस्तिष्काघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ।
लक्षण
अनुहार अस्वाभाविक रूपमा बांगिनु, हातखुटा चल्न छोड्नु, आँखा नदेख्ने, कान नसुन्ने हातखुट्टा नचल्ने जस्ता लक्षणहरू देखिन्छन्। शरीरको एक पाटो नचल्नेजस्ता समस्या देखिन्छन्। तर हाम्रो समाजमा झारफुकतिर लाग्ने गरेको देखिन्छ। यसका कारण समस्या झन् बढ्छ। यस्ता लक्षण देखिनेबित्तिकै हामीले अस्पताल गएर उपचार गर्दा समस्या समाधान हुन्छ।
यसरी बच्ने
अहिले अधिकांश मानिसहरू नसर्ने रोगबाट पीडित भएको देख्न सकिन्छ। यसको मुख्य कारण हाम्रो जीवनशैली र खानपान नै हो। मस्तिष्काघातको सन्दर्भमा पनि यही लागु हुन्छ। यो समस्याबाट बच्न पनि खानपान र जीवशैलीमा ध्यान दिनै पर्छ। बिहान३०’३५ मिनेट शरीरबाट पसिना निकालेर ‘जगिङ’गर्नु पर्छ। धूमपान र मद्यपानबाट टाढै रहनुपर्छ। बजारमा बनेका वा प्याकेटका खानाबाट टाढै रहनु राम्रो। खानामा अधिक चिल्लो प्रयोग गर्नुहुँदैन। शरीरका लागि पर्याप्त निद्रा आवश्यक छ। त्यसैले दैनिक ७ देखि ८ घण्टा सुत्न आवश्यक छ।
अपनाऔँ सावधानी
कुनै पनि रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम हो। त्यसैले वेलावेलामा चिकित्सकलाई देखाएर आफ्नो शरीरबारे जानकार रहिरहनुपर्छ। मुटुरोग भएका व्यक्तिमा मस्तिष्काघात हुने जोखिम हुन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ ।
उमेर भएका व्यक्तिले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ। जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ। माथि भनिएजस्तै मस्तिष्काघातको लक्षण देखा परे विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन