यी खानेकुरा यसरी खाँदा हानिकारक
आलु
धेरै लामो समयसम्म भण्डारण गरिएको आलु स्वास्थ्यका लागि स्वस्थकर हुँदैन। खासगरी टुसा उम्रिएको आलु सेवन गर्नु राम्रो होइन। आलुको टुसामा ग्लाइकोएल्केलाइड हुन्छ, जो विषाक्त हुन्छ। काँचो वा हरियो आलु पनि खान हुँदैन।
गोलभेंडा
गोलभेँडा स्वास्थ्यका लागि अत्यन्ते लाभदायक फल तरकारी। तर, हरियो गोलभेँडा भने हानिकारक हुन्छ। किनभने यसमा ‘सोलेनिन’ हुन्छ। यो खाँदा टाउको दुख्ने, बान्ता हुने समस्या आउन सक्छ।
स्याउ
भनिन्छ, हरेक दिन एउटा स्याउ सेवन गर्नेले चिकित्सककहाँ जानुपर्दैन। यति गुनिलो स्याउको बिज भने स्वस्थ्यबर्धक हुँदैन। स्याउको बिजमा ‘एमिगडलिन’ हुन्छ। जब यो पाचन रसमा मिल्छ, ‘हाइड्रोजन साइनाइड’ बन्न पुग्छ। त्यसैले स्याउसँग त्यसको बिज सेवन गर्नु हुँदैन।
ओलिभ आयल
जैतुनको तेल फाइदाजनक छ। तर, छोपका लागि यसको प्रयोग हानिकारक मानिन्छ। १८० डिग्रीभन्दा बढी तातो भयो भने ओलिभ आयलको तत्त्व विषाक्त बन्छ।
जाइफल
जाइफल थोरै सेवन गर्दा खासै हानि हुँदैन। शरीरलाई न्यानो बनाउँछ। मिठो निद्रा पार्छ। यसमा एलेमिसिन, मिरिस्टिसिन र सैफरोल जसता तत्त्व हुन्छ, जो नशालु हुन्छ। एक पटकमा चार ग्रामभन्दा बढी जाइफल सेवन गर्दा टाउको दुख्ने समस्या हुनसक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण