मधुमेहलाई चाँडै निम्तो दिने यी बानी

अहिले घर घरको समस्या बनेको छ डाइबेटिस अर्थात् मधुमेह। मधुमेह बाहिर कहीँकतैबाट आउने होइन यो त हाम्रो जीवनशैली र खानपान आदिको कारण हुने हो। हामीले जीवनयापनका क्रममा गर्ने कतिपय गल्तीका कारण मधुमेह समस्या आइलाग्छ।
हामीमध्ये धेरैको बानी के छ भने धेरैबेर भोकै बस्ने, पाएपछि एकैपटक धेरै खाने। यो बानी राम्रो होइन। यसैगरी बिहान नास्ता नगर्ने बानीले पनि मधुमेहलाई निम्तो दिइरहेको हुन्छ। बिहान नास्ता नगर्नाले पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन। त्यसैले ब्लड सुगर लेभल नियन्त्रण गर्न गाह्रो हुन्छ।
बजारमा पाइने पेय पदार्थ तथा इनर्जी ड्रिंकमा चिनीको मात्रा अत्याधिक हुन्छ, जसले शरीरमा क्यालोरी बढाइदिन्छ। यसबाट तौल बढ्छ र मधुमेहको खतरा हुन्छ।
राति ढिलो खाना खाने र तुरुन्तै सुत्ने बानीले तौल बढ्छ। यसले ब्लड सुगरको सन्तुलन गडबड गरिदिन्छ, जसले मधुमेहको खतरा बढाइदिन्छ।
धेरैजसो मानिस खाना खाइसकेपछि घण्टौँ आराम गरेर बस्छन्। यसले शरीरमा बोसो बढ्छ। मधुमेहको खतरा पनि उत्तिकै हुन्छ।
नहिँड्ने, व्यायाम नगर्ने र शरीरलाई नियमित सक्रिय नराख्रने बानीले पनि मधुमेह लाई निम्तो दिइरहेको हुन्छ।
समाधान के?
धेरैबेर भोको पेट नबस्ने। समय तालिका मिलाएर पटक पटक खानेकुरा खाने।
खानामा हरियो सब्जी, सलाद र सुप आदि समावेश गर्ने। भोजनमा रेशादार पदार्थलाई प्राथमिकता दिने।
चिनीजन्य खाद्यपदार्थ सकेसम्म सेवन नगर्ने। गर्नैपरे नियन्त्रित मात्रामा गर्ने।
हरेक दिन एक घण्टा जति तीव्र गतिमा हिँड्ने। घरमै पनि व्यायाम गर्ने। शरीरलाई नियमित सक्रिय राख्ने।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा