यी खानेकुरा काँचो खानु फाइदाजक
कतिपय फल वा सागसब्जी हामी पकाएर, भुटेर, उसिनेर खान्छौँ। यसरी खाँदा फरक स्वाद त पाइन्छ, पौष्टिक तत्व भने पाइँदैन।
सब्जी, फल आदिलाई स्टिम गर्दा, फ्राई गर्दा तिनमा रहेका पौष्टिक तत्त्व नष्ट हुन्छन्। त्यसैले यस्ता खानेकुरा सलादको रूपमा काँचै खानु राम्रो हो–
ब्रोकाउली
ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो। यसमा एक प्रकारको सल्फोराफेन पाइन्छ। यसले रक्तचाप कम गर्छ। मुटुको रोग पनि कम गर्छ। यसलाई उसिन्दा वा पकाउँदा यसमा रहेको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ।
अंकुरित गेडागुडी
अंकुरित गेडागुडी स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ। यसमा भिटामिन सि, फाइबर, कपर, म्याग्नेसियम पाइन्छ। तर, जब अंकुरित गेडागुडी उसिनेर वा पकाएर खाइन्छ यसको पौष्टिक तत्त्व नष्ट हुन्छ।
भेँडे खुर्सानी
भेंडे खुर्सानी भिटामिन सिको एकदमै राम्रो स्रोत हो। भेंडे खुर्सानीलाई ३७५ डिग्रीमाथि पकाउँदा यसमा रहेको सबै पौष्टिक तत्त्व नष्ट हुन्छ।
स्याउ
स्याउ सदाबहार सर्वप्रिय फल हो। यो जुनसुकै अवस्थामा खान मिल्छ । यसमा न्यूट्रिएन्ट्स र मिनरल्स हुन्छ। तर जब स्याउलाई सुकाएर खाइन्छ, त्यो सबै नष्ट हुन्छ। कतिले बच्चा वा बिरामीलाई स्याउ उसिनेर खान दिन्छन्, यसो गर्दा स्याउको क्यालोरी र कार्बोहाइड्रेट बढ्छ। यसले सुगर लेभल बढाउँछ।
ड्राई फ्रुट्स
कतिले स्वादका लागि ड्राई फ्रुट्सलाई भुटेर वा तारेर खाने गर्छन्। यसले गर्दा त्यहाँ रहेको आइरन, म्याग्नेसियम, फस्फोरस नष्ट हुन्छ ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?