यसरी हुन्छ पाठेघरको मुखको क्यान्सर, कसरी थाहा पाउने?

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्।
पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क शुरु भएपछि यसले असर देखाउन थाल्छ। योनिबाट सेतो पानी बग्न र चिलाउन थाल्यो भने ‘प्याप स्मेयर’ परीक्षण गराउनुपर्छ। यो परीक्षणले संक्रमण क्यान्सर हुनुअघि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन मद्दत गर्छ।
कसरी हुन्छ संक्रमण
धेरै जनासँग यौनसम्पर्क असुरक्षित यौनसम्पर्क
सानै उमेरमा बिहे वा सानैदेखि यौनक्रियामा सहभागी
कम उमेरमा बच्चा जन्माउनु
धेरै बच्चा जन्माउनु
पटक–पटक गर्भपतन
धूमपान
लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग ।
रोगकाे लक्षण
यौन सम्पर्क गर्दा रगत देखिने, महिनावारी नभए पनि रगत देखिने
सेतो गन्हाउने पानी आउने, सानो पेट दुखिरहने
ढाड दुख्ने, बढी थकाइ लाग्ने
लामो समयसम्म खोकी निको नहुने, स्वर परिवर्तन हुने
दिसापिसाबको तालिका फरक हुने र तौल घट्दै जाने।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा