यसकारण नपिउनुस् दूधकाे चिया
चियामा मानवस्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्त्व पाइन्छन्। विशेषतः कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्।
चियाले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ। तर, चियामा अलिकति पनि दूध मिसाइयो भने फाइदाभन्दा बढी बेफाइदा गर्छ।
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भनेर अमेरिकाका वैज्ञानिकहरूलेखोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेविकामा परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातोपानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भइरहेको गतिविधि निरीक्षण गरेका थिए।
तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूधको चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुग्यो। दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमी हुँदा यस्तो समस्या भएको बताइन्छ।
त्यसैले कालो चिया पिउनुहोस्। कालो चियाका अनगिन्ती फाइदा छन्। यसले मधुमेहलाई समेत ठीक गर्छ। मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउनेअनुसन्धानबाट पत्ता लागेकाे छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य