स्वस्थ दाँतका लागि आवश्यक छ सही तरिकाको सफाइ
स्वस्थ शरीरका लागि दाँत पनि स्वस्थ रहन आवश्यक छ। स्वस्थ दाँतले स्वास्थ्यलाई मात्र नभई ‘लुक्स’लाई समेत प्रभावित तुल्याउँछ। दाँत स्वस्थ राख्न नियमित सफाइ जरुरी छ।
सही तरिकाले सफा गर्न नजान्दा दाँत राम्राेसँग सफा नहुने चिकित्सकहरूको भनाइ छ। चिकित्सकहरूका अनुसार प्रत्येक दिन दाँत सफा गर्दा जिब्राेको समेत सफाइ गर्नुपर्छ ।
चिकित्सकहरूका अनुसार प्रत्येक दिन दाँत सफा गर्दा दिनमा कम्तीमा पनि दुई पटक दाँतको ब्रस गर्नुपर्छ। दाँत ब्रस गरेपछि नुनपानीले कुल्ला गर्नुपर्छ। दाँतमा सही तरिकाले ब्रस गर्नु भनेकै दाँतको सुरक्षा गर्नु हो।
दाँतको सफाइ जुनसुकै समयमा गर्न सकिन्छ। चिकित्सकहरूलाई आधार मान्ने हो भने दिनमा कम्तीमा दुई मिनेट ब्रस गर्नुपर्छ।
लगातार ब्रस गर्दा समेत ब्रसमा खराबी आएको छैन भने पनि एउटा ब्रस प्रयोग गरेको छ महिनापछि ब्रस बदल्नुपर्छ। बजारमा विभिन्न आकार तथा लम्बाइका ब्रस पाइन्छन्। चिकित्सकहरू २५.५ देखि ३१.९ मिलिमिटर लम्बाइको तथा ७.८ देखि ९.५ मिलिमिटर चौडाइ भएको टुथब्रस किन्ने सल्लाह दिन्छन्।
लगातार दाँतको सफाइ गर्दागर्दै पनि दाँतमा कालो, पहेलो दाग देखिएमा, दाँतमा खाना अड्किएमा, चिसो वा तातो खाँदा दाँत सिरिङ्ङ भएमा तुरुन्तै दन्त चिकित्सकलाई देखाउनुपर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’