चिसो मौसममा झन् प्रभावकारी छ तुलसी
हरिबोधिनी एकादशी अर्थात् चार महिनासम्म आँगन रहेको तुलसीको विवाह गर्ने दिन। अझ भनौँ एक किसिमले विदाइ गर्ने दिन। चार महिनासम्म आँगनमा रहेर वातावरण स्वच्छ र सुगन्धित बनाएर र कीटाणुलाई नष्ट गरेर रहेको तुलसी जाडो लागेसँगे बिस्तारै बूढो हुँदै जान्छ। सुक्दै जान्छ। यही तथ्यलाई बुझेर होला यो वेला तुलसीको विवाह गर्ने, पूजा विसर्जन गर्ने परम्परा बसेको।
पहिले पहिले फराकिला आँगन हुन्थे घर अगाडि मठ बनाएर तुलसी रोपिन्थ्यो तर स्थान अभाव भएर होला अचेल गमलामा रोपिने गरिएको छ। बुझ्नुपर्ने कुरा के भने पूजाका लागि मात्र नभई ठाउँ छ भने तुलसी प्रशस्त लगाउनु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छछ।
करिब २३ फिट अग्लो हुने यो वनस्पति बीजदेखि बोटसम्म औषधि हुन्छ। यसको पञ्चांग अर्थात् जरा, काण्ड, पात, फूल र फल औषधि हुन्छ। हरियो छँदा मात्र होइन। सुरक्षित राख्न सके सुकेका पात, डाँठ र मञ्जरी पनि काम लाग्छ।
बहुगुणकारी तुलसी
चिसो मौसममा हुने समस्या तुलसीको प्रयोगले हटाउन सकिन्छ। चिसो मौसममा धेरै मानिसलाई रुघाखोकी आदि समस्याले सताउँछ। श्वासप्रश्वाससम्बन्धी समस्या निदान गर्न यो निकै प्रभावकारी हुन्छ। कफसहितको रुघाखोकी हटाउन पनि तुलसीको प्रयोग गर्न सकिन्छ। छाती दुखाइको समस्या पनि यसले हटाउँछ। तुलसीलाई दूधसँग मिसाएर खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ।
दमको समस्या भएकाहरूलाई पनि यसको प्रयोग निकै फाइदाजनक हुन्छ। पानीमा तुलसीको पात मिसाउँदा कीटाणु निर्मूल बन्छ। बालबालिकालाई रुघाखोकीले दुःख दिए तुलसीको रस सेवन गराए फाइदा पुग्छ। शरीरमा विभिन्न किसिमको खटिरा आउने, पाक्ने, चिलाउने जस्ता समस्यालाई पनि यसको रसले निको पार्छ।
पेटभित्र परेको जुका, किर्ना मार्न पनि यो सहयोगी बन्छ। महिलाको महिनावारीमा अत्यधिक रक्तश्राव भए तुलसीको रसमा मह मिसाएर खाएमा फाइदा पुग्छ। पुरुषमा हुने नपुंसकता हटाउन सकिन्छ।
फाइदाजनक सख्खरखण्ड र पिँडालु
फेरि कुरा गरौँ हरिबोधिनी एकादशीको। ठूली एकादशी भन्दै श्रद्धालुहरू यो दिन उपवास बस्छन्। उपवास बस्नु स्वास्थ्यका दृष्टिले पनि फादाजनक छ। नारायण भगवानलाई चढाएर प्रसादका रूपमा खाइने सख्खरखण्ड, पिँडालु जस्ता खानेकुराको पनि विशेष महत्त्व छ। सख्खरखण्ड प्रोटिनले भरिपूर्ण हुन्छ।
यसको सेवनले गर्दा चिसो मौसममा जिउलाई आलस्य बन्न दिँदैन। जाडो हटाएर शरीर तताउन पनि विशेष महत्त्व छ। पिँडालुको सेवनले हाम्रो शरीरको पाचन प्रणालीलाई फाइदा पुग्छ।
कुराकानीमा आधारित
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने