Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘केटाकेटीले देउसीभैलो खेलेको देख्दा बाल्यकालका सम्झना ताजा भएर आउँछ’

‘केटाकेटीले देउसीभैलो खेलेको देख्दा बाल्यकालका सम्झना ताजा भएर आउँछ’

अहोरात्र खटिनु र बिरामीको लागि दत्तचित भएर काम गर्नु चिकित्सकको पेशागत धर्म हो। परिवार, चाडपर्व भन्ने विषय उनीहरूका लागि गौण कुरा हुन्। अरु दशैँ तिहारमा परिवारसँग भेटघाट, खानपान गरिरहँदा हामी बिरामीका लागि खटिइरहेका हुन्छौँ। साइतको टीका भन्ने चिकित्सकका लागि ‘आकाशको फल’ भनेझैँ हो।

मैले धेरैपटक तिहारमा साइतको टीका लगाउन पाएको छैन। चिकित्सक भएको नाताले चाडपर्व भनेर, रमाइलो भनेर हिँडनु पनि भएन। कतिचोटी ड्युटी सकेर बेलुका गएर टीका लगाएको पनि छु। एकाबिहानै लगाएर हिँड्ने कुरा पनि भएन। कहिलेकाँही त्यसो पनि गरियो होला। परिवारका सबैजना घरमा जम्मा भई मनोरञ्जन गरी हर्ष मनाइरहँदा आफू भने बिरामीलाई हेरेर बसेको छु। उनीहरूको स्वास्थ्यलाभको कामना गरी बसेको छु। बिरामीको खुशी भनेको नै हाम्रो खुशी हो भन्ने भावना आएपछि अस्पतालमा पनि रमाइलै हुँदो रहेछ।

तिहारको सन्दर्भमा कुरा गर्दा मलाई सबैभन्दा बढी मन पर्ने देउसी भैलो हो। मौलिक पोशाकमा सानासाना बालबालिका, किशोरकिशोरीले गीत गाएको नाचेको हेर्न साह्रै मन पर्छ। ती दृश्य देख्दा बाल्यकालका सम्झना ताजा भएर आउँछ। हामी पनि साथीभाइ मिलेर यसरी नै देउसी खेल्थ्यौँ। रमाइलो गर्थ्यौँ।

यो पेशामा भर्खर आएकालाई शुरुशुरुमा नरमाइलो हुनु स्वाभाविक पनि हो। घरमा परिवार रमाइलो गरिरहेको हुन्छ। आफू भने बिरामीको उपचार गरेर बस्नुपर्ने। तर बिस्तारै आफ्नो कर्तव्य वा चिकित्सकीय धर्मको बोध हुँदै जाँदा सामान्य लाग्न थाल्छ। चाडपर्वमा पनि बिरामीको सेवा नै महत्त्वपूर्ण लाग्न थाल्छ। चिकित्सक पेशामा रहेको यत्रो वर्षमा धेरै दशैँतिहारमा अस्पतालमा मनाएका थुप्रै याद छन्।

अहिले ‘सिनियर’ भएकाले अचेल हुनाले दशैँतिहार जस्ता चाडपर्वमा अस्पतालमा ड्युटी गर्नु पर्दैन। त्यसैले साइतमै टीका लगाउन पाइन्छ भन्ने आशा छ। तर ‘इमरजेन्सी’ कल आउनसक्छ भन्ने मानसिकतामा बस्नुपर्छ। अस्पतालबाट फोन आयो भने जस्तोसुकै अवस्थामा भए पनि हिँडिहाल्नुपर्छ। एकैछिन विलम्ब गर्दा बिरामीको ज्यान जाने सम्भावना हुन्छ।

तिहारको सन्दर्भमा कुरा गर्दा मलाई सबैभन्दा बढी मन पर्ने देउसी भैलो हो। मौलिक पोशाकमा सानासाना बालबालिका, किशोरकिशोरीले गीत गाएको नाचेको हेर्न साह्रै मन पर्छ। ती दृश्य देख्दा बाल्यकालका सम्झना ताजा भएर आउँछ। हामी पनि साथीभाइ मिलेर यसरी नै देउसी खेल्थ्यौँ। रमाइलो गर्थ्यौँ। यो पेशामा आएपछि पनि डाक्टरहरूको समूह बनाएर देउसी भैलो खेलेको रमाइलो गरेको क्षणहरू याद आउँछन्।

अहिले पनि मेरो घरमा पनि डाक्टर साथीहरू समूह बनाएर देउसी भैलो खेल्न आउँछन्। तिहारको देउसी भैलो केही समयको लागि रमाइलो मात्र नभई एकताको सन्देश पनि हो। यस्तो खुशीयालीको माहोलमा पटाका पड्काएर आतंक मच्चाएको मन पर्दैन। तर अहिले त्यो क्रम बिस्तारै हराउँदै गएको छ।

विभिन्न परिस्थितिले टाढाटाढा पुगेका दाजुभाइ दिदीबहिनीबीच भेटघाट गराउने अवसरको रूपमा तिहारको ठूलो महत्त्व छ। यस्तै साथीभाइसँग भेटघाट हुने र पहिलेकामीठा पल स्मरण गर्ने रूपमा पनि यसको महत्त्व छ।