पिनासबाट बच्न अपनाउनुस् यस्ता उपाय

पिनास हुँदा नाक बन्द हुने, टाउको र अनुहारका भाग दुख्ने लक्षण देखिन्छ। बिस्तारै संक्रमण बढ्दै जाँदा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्नेजस्ता लक्षण देखिन्छन्।
बच्चालाई पिनास भए पटकपटक रुघा लाग्ने र ज्वरो आउने लक्षण देखिन्छ। यसको उपचार समयमै नगरे नाकमा मासु पलाउने समस्या हुन सक्छ। बिस्तारै संक्रमण फैलिँदै आँखामा पुगी पिप जम्ने जस्ता जटिल समस्या देखापर्न सक्छन्।
रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले चिसोबाट बच्नुपर्छ। नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ।
धुवाँधुलो प्रदूषणबाट बच्नुपर्छ। नाकमा केही समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ।
भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी पिउने गरेर पिनासबाट बच्न सकिन्छ।
सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट यसको उपचार गर्न सकिन्छ। त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ। नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ।
पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा