अनावश्यक रूपमा नचलाउनुस् यी अंग
आफ्नै अंग भए पनि बारम्बार चलाइरहँदा विभिन्न समस्या आउन सक्छ। ती अंगमा हुने ब्याक्टेरिया अर्को अंगमा पुग्दा संक्रमण भई शरीरमा गम्भीर समस्या निम्तिन सक्छ। केही यस्ता अंगहरू–
हात र औँला
यद्यपि जुनसुकै काम गर्न पनि हातको आवश्यक्ता पर्छ। हात, औला तथा हत्केलामा हानिकारक ब्याक्टेरिया तथा भाइरस पाइन्छ। हात तथा औलाले जब आँखा छुन्छौ तब ती ब्याक्टेरिया आँखामा पुग्छन्।आँखा चिलाउने, पोल्ने र जलन हुने लगायतको समस्या आउन सक्छन्।
मुख
खाना खाएपछि दाँतमा अड्किएको फोहर निकाल्न धेरैजसोले औँला र नङ प्रयोग गर्छन्। मुखभित्र सिधै हात लैँजादा हातमा भएका ब्याक्टेरिया मुखमा पुग्छन्। अर्कोतिर मुखमा रहेको ब्याक्टेरिया पनि हातमा पुग्छन्।
मुखको ब्याक्टेरिया बाहिर आउनु र बाहिरको ब्याक्टेरिया मुखमा प्रवेश गर्नाले सास गन्हाउने, दाँतमा सडन हुने र दाँत दुख्नेलगायतको समस्या निम्तिन्छ।
नाक
नाकमा पनि धेरै प्रकारका ब्याक्टेरिया र भाइरस हुन्छन्। जब हामी नाकमा हात हाल्छौ, नाकभित्र रहेका ब्याक्टेरिया हातमा टाँसिन्छ। हातमा भएका ब्याक्टेरिया नाकमा प्रवेश गरी श्वासनली हुँदै फोक्सोसम्म पुग्छ, जसका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या निम्तिन्छन्।।
त्यसबाहेक पनि, नाकमा भएका ब्याक्टेरियाले मानिसलाई अस्वस्थ बनाउन सक्छ। त्यसैले प्रत्येक पटक नाकमा हात लगिसकेपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ।
नङ
हात खु्ट्टाका नङमा समेत विभिन्न प्रकारको हानिकारक ब्याक्टेरिया हुन्छ। किनकी हात तथा खुट्टाका हानिकारक ब्याक्टेरिया शरीरमा प्रवेश गरेमा पेट तथा पाचनसम्बन्धी समस्या आउँछन्। यस्ता रोगबाट बच्न सातामा कम्तीमा एक पटक हातगोडाका नङ काट्नुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण