फ्रिजमा धेरै समय राखिएकाे खानाले निम्त्याउँछ यस्ताे समस्या
अचेल समय बचाउनका लागि खाना पकाएर फ्रिजमा राख्ने चलन बढ्दै गएको छ। यसले व्यस्त मानिसलाई सजिलो पनि भएको छ। बिहान नै खाना बनाएर फ्रिजमा राख्दा कामबाट थाकेर आउँदा पुनः भान्छामा समय दिनु पर्दैन। यसले समय र मेहिनत दुवै बच्छ ।
घरमा फ्रिज हुँदा जति फाइदा छ, त्यो भन्दा बढी बेफाइदा। फ्रिजका कारण हामी ताजा खानेकुराबाट पाइने फाइदाबाट विमुख हुँदै गएका छौँ ।
बिहानदेखि बेलुकासम्म मात्र होइन हिजोआज खानेकुरा बनाएर दुईचार दिन फ्रिजमा राखेर खाने गरिएको पाइन्छ। यो अत्यन्तै हानिकारक हुन्छ। पकाएर राखेको खाना लामो समयसम्म फ्रिजमा राखेको खानेकुरा खानाले ब्याक्टेरियाको संक्रमण भएर धेरै किसिमका रोग लाग्न सक्छ।
फ्रिजमा राखेको बासी खानाको स्वादमा तपाईलाई कुनै फरक अनुभव नभएता पनि बासी खानामा सबै पौष्टिक पदार्थ नष्ट भैसकेको हुन्छ । स्वाद कम हुनु पौष्टिक पदार्थ नष्ट हुनुको साथै शरीरलाई हानी गर्ने ब्याक्टेरिया पनि उत्पन्न भैसकेको हुन्छ।
बासी खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छन् भन्ने तथ्य फेला परेको छ। लामो समयदेखि पकाएर राखेको खाना खाँदा त्यसमा उत्पन्न भएका ब्याक्टेरियाका कारण ‘फुड प्वाइजन’ हुन्छ।
दुई घण्टा भन्दा अगाडि बनेको खाना खाँदा स्वस्थमा नराम्रो असर गर्छ। यसका कारण पेट दुख्ने जस्ता अनेक समस्या देखिन थाल्छ। फ्रिजमा राखेको बासी खाना खाँदा ग्यास, एसिडिटी र पेट दुख्ने जस्ता समस्या आउन सक्छ। एक–दुई दिन पुरानो खानाले त पेट दुख्नुको साथै झाडाबान्ता समेत हुने सम्भावना छ।
बासी खाना खाँदा झाडापखाला लाग्छ, जसले हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। झाडापखालाले शरीर कमजोर बनाउँछ।
त्यसैले फ्रिजमा राखेका खाना खाएर रोगी बन्नुभन्दा अलिकति समय खर्चेर मेहेनत गरी सधैँ ताजा खानेकुरा खानु उपयुक्त हुन्छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य