फ्रिजमा राखेको खानेकुरा खाँदा स्वास्थ्यमा यस्ता समस्या
टन्सिलकाे समस्या
धेरै चिसो पानी पिउँदा वा खानेकुरा खाँदा सबैभन्दा बढी असर घाँटीमा हुन्छ। धेरै चिसो पानी पिउनेलाई लामो समयसम्म टन्सिलले सताउँछ। लामो समयसम्म फ्रिजमा राखिएको चिसो खानेकुरा खानेलाई निमोनिया समेत हुने सम्भावना हुने गर्छ।
पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्छ। किनकि यसले रक्तसञ्चारमा असर गर्छ,जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।
मुटुको गतिमा असर
जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुन सक्छ।
शरीरको गडबडी
सामान्यतया शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ।
तौल वृद्धि
खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ। जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ। यसकारण लामो समयसम्म फ्रिजमा राखिएका चिसा खानेकुरा खानु राम्रो मानिँदैन।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य