के हाे काेराेनरी रक्तनलीकाे राेग?
कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्छ। यसलाई ‘इस्क्यामिक’ मुटुरोग पनि भनिन्छ। र यो हृदयाघात हुनुको प्रमुख कारण हो।
यो सामान्यतया मुटुको मांसपेशीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्छ।
लक्षणहरू
प्रायजसो देब्रेतिर छाती दुख्ने
कहिलेकाहीँ बायाँ पाखुरा घाँटी र पेटको माथिल्लो भाग दुख्नु
कोरोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिमको दुखाइ महशुस नगर्न सक्छन् तर उनीहरुलाई श्वास फेर्न गााह्रो हुने वाकवाक लाग्ने हुन्छ र उनीहरू बेहोस हुने गर्छन्।
प्रायजसो यस्ता लक्षणहरू बिरामीले बल लगाउने किसिमका काम जस्तै हिँडाइ सकाएपश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्ने थालेमा वा सो दुखाइ पर्याप्त आराम लिएपश्चात् पनि यथावत रहेमा यो हृदयघात को संकेत हुन सक्छ।
सुर्तिजन्य पदार्थको सेवन धुम्रपान उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना, मोटोपना, निष्क्रिय जीवनशैली यो रोगका प्रमुख कारण तत्त्वहरु हुन्।
यो रोग इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मार्फत पत्ता लगाउन सकिन्छ। योबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको ईसीजी, कोरोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँच गर्न आवश्यक पर्न सक्छ।
औषधिको सेवनले कोरोनरी रक्तनलीको रोगका लक्षणहरूका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानिलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरूको बन्द भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग (एन्जिओप्लास्टि) वा शल्यक्रिया (कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ) गरेर खाेल्नुपर्ने हुन सक्छ।
पर्याप्त उपचार गर्न र जटिलताको रोगथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी हुन्छ।
नसर्ने रोगहरू : एक जानकारी पुस्तिकाबाट
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य