‘कार्यकक्षमै ममाथि यसरी दुर्व्यवहार भयो’

मलाई १५\२० दिनदेखि एक जना व्यक्तिले तारन्तार फोन गरिरहेका थिए। उनले आफू ‘टाइम्स नेपाल’ नामक पत्रिकामा काम गर्ने बताएका थिए। डिन कार्यालयका गतिविधि एवं समसामयिक विषयमा अन्तरवार्ता लिनु छ भनेर उनले फोन गरेका थिए।
शुरुमा त मैले खासै वास्ता गरिनँ। तर बारम्बार फोन गरेर समय मागेपछि समय मिलाउने आश्वासन दिएँ। कहिले उनको समय नमिल्ने, कहिले मेरो। १५ दिन भन्दा बढी भइसकेको थियो। उनले आइतबार बिहान फेरि फोन गरे। मलाई पनि समय मिलाउन नसेकेकोमा अप्ठेरो लागेको थियो।
मलाई ‘जेन्युन’ विषयमा कुरा गर्न खोजेको होला जस्तो लाग्यो। होइन भने कोही मान्छे १५\२० दिनदेखि एउटा व्यक्तिको पछि किन लाग्छ? त्यसैले मैले त्रिवि शिक्षण अस्पतालको आफ्नो कार्यकक्षमा दिउँसो १ बजे आउनुस् भनेँ। उनले ‘हुन्छ’ भने। मेरो मिटिङ भएकाले म अलिकति ढिला भएँ। मैले फोन पनि गरेँ, ‘म अलिकति ढिला हुन्छु है’ भनेर।
दिउँसाे १ः ४० जति भएको थियो होला म पुग्दा। उनीहरू दुई जना मेराे कार्यकक्षमा कुरिरहेका थिए। ‘ल भन्नुस् के थियो, आफ्नाे कुर्सीमा बस्दैगर्दा मैले भनेँ। दुईमध्ये एक जनाले पेपर लिनुपर्यो भनेर यसो उठेजस्तो गरे। तर एक्कासी मेरो जिउमा कालो मसी छर्केर कोठाबाट भागे। त्यससँगै उनीसँगै आएका अर्का व्यक्ति पनि उनीसँगै बाहिर भागे।
अचम्म लाग्यो। पत्रकारका नाममा आएर यस्तो गर्लान् भनेर सोचेकै थिइनँ। उनीहरू गएगत्तै साथीहरूलाई खबर गरेँ। सबैकाे सल्लाहमा प्रहरीलाई जानकारी दियाैँ। प्रहरीले उनीहरूको खोजी भइरहेको बताएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा