Health TV Online
Health TV Online
Health TV Online

रक्सीको सट्टा फलफूलको रस

रक्सीको सट्टा फलफूलको रस

रक्सीले मुटुलाई फाइदा गर्छ भन्ने प्रचार गलत छ। रक्सीले मुटुलाई बेफाइदा गर्छ। रक्सीले मुटुको मांसपेशी नष्ट पार्छ, जसका कारण मुटु सुन्निने समस्या आउँछ, र हार्ट फेल हुन्छ। रक्सी धेरै मात्रामा सेवन गरेको अवस्थामा रक्तचाप धेरै बढ्न गई मस्तिष्काघात र हृदयाघात हुन सक्छ।

यसकारण मुटुरोग नियन्त्रणका लागि रक्सी सेवन नगर्नु नै उचित हुन्छ। थोरै रक्सीले मुटुलाई फाइदा गर्छ भन्ने भ्रममा परी रक्सी सेवन सेवन गर्ने बानी बसाल्नु हुँदैन। हृदयाघात नियन्त्रणका लागि थोरै रक्सी १ गिलास वाइन, २ पेग ह्वीस्की आदि पिउनुपर्छ भन्ने प्रचार र प्रवृत्तिलाई खण्डन गर्दै यसलाई निरुत्साहन गर्नुपर्छ।

रक्सीले धेरै सामाजिक र शारीरिक विकृति ल्याएको छ। रक्सी हानिकारक छ। रक्सीभन्दा ताजा फलफूलको रस मुटुका लागि बढी लाभदायी छ। फलफूलले मुटुलाई फाइदा गर्छ। फलफूलका रस दैनिक पिउने गर्दा उत्तम हुन्छ। ४० वर्ष उमेर पुगेर स्वस्थ व्यक्तिहरूलाई रक्सीको निम्नलिखित मात्राले खराब असर गर्दैन, साथै हृदयघातको सम्भावनालाई समेत कम गर्न सक्छ भन्ने पश्चिमी राष्ट्रका वैज्ञानिकहरुको धारणा रहेको पाइन्छ।

जहाँ जे जस्ता धारणाहरू भए पनि रक्सीको सेवनलाई निरुत्साहन गर्नुपर्छ। रक्सी सेवन नगर्ने जीवनशैली उत्तम हो। रक्सीको सट्टा फलफूलको रस पिउने गर्नुपर्छ। यसले हृदयाघातको सम्भावनालाई घटाउँछ।

डा.रेग्मीको पुस्तक ‘जीवनशैली परिवर्तन’बाट

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?