रक्तदान गर्दै हुनुहुन्छ? विचार पुर्याउनुस् यी कुरा
रक्तदान जीवनदान भनिन्छ। तर कस्ता व्यक्तिले हुन्छ, कसले गर्नुहुँदैन वा कस्ताे वेलामा रक्तदान गर्नुहुन्छ, कुन वेला हुँदैन भन्ने पनि बुझ्न आवश्यक छ।
१८ देखि ६० वर्षसम्मका मानिसलाई रक्तदान उमेर समूहमा राखिएकाे छ। रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुन आवश्यक छ।
रक्तदान गर्ने व्यक्तिमा जन्डिस, मलेरिया, मधुमेह, क्षयरोग, एड्सजस्ता राेग लागेकाे हुनुहुँदैन। साथै यौनरोग लागेकाले पनि अरूलाई रगत दिनुहुँदैन।
अरूलाई रगत दिने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन।
मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि अरूलाई रगत दिनुहुँदैन।
रक्तदान गर्नुभन्दा तीन घण्टाअघि पोषिलो खाना सेवन गर्नुपर्छ । रक्तदानपछि जुस पिउनु उत्तम हुन्छ।
रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ। गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको वेलामा पनि रक्तदान गर्नुहुँदैन।
एजेन्सीकाे सहयाेगमा ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’