‘डाइलाइसिस गराइरहेका बिरामीले सकेसम्म क्वाँटी नखाएकै बेस’
जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन । यस दिन विशेष गरेर केराउ, मास, चना, भटमास लगायतका विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र आफन्तहरुलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।
तर सबैजनालाई यसले फाइदा नै गर्छ भन्ने चाहिं हैन । केही रोगमा चाहिं यसले उल्टो बिगार गर्नसक्छ । जस्तै डाइलाइसिस गराइरहेका बिरामीले क्वाँटी खाँदा यसले हानी गर्नसक्छ । क्वाँटी बनाउँदा ज्वानो, मरमसाला हालेर बनाउने गरिन्छ । ज्वानोमा हाइ पोटासियम हुन्छ जसले यस्ता बिरामीलाई झनै असर गर्छ । जब मिर्गौला फेल हुन्छ तब यसले पोटासियम फिल्टर गर्न सक्दैन । पोटासियम शरीरमा बढी भएमा मिगौंलामा अझै बढी असर गर्ने हुँदा यस्ता बिरामीलाई हामी सकेसम्म क्वाँटी नखान सल्लाह दिन्छौं ।
यसका साथै गेडागुडीमा प्रसस्त मात्रामा प्रोटिन हुन्छ । यस्ता बिरामीले सजिलै पचाउन पनि गाह्रो हुन्छ । मसाला राखेकाे झोलिलो क्वाँटी खाँदा शरीरमा पानीको मात्रा बढी भएर शरीर फुल्लिने, सास फेर्न गाह्रो हुने समेत हुनसक्छ । मिगौंला फेल भएपछि बिरामीलाई पिसाब हुँदैन । त्यसैले शरीरमा जति झोल पदार्थ बढी भयो त्यति छिटो डाइलाइसिस गरेर निकाल्नुपर्ने हुन्छ । त्यसैले थोरै चाख्नका लागि खान सकिए पनि डाइलाइसिस गराइरहेका बिरामीले सकेसम्म क्वाँटी नखाएकै राम्रो हुन्छ ।
रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण