Health TV Online
Health TV Online
Health TV Online

कपाल झर्ने समस्यामा प्रभावकारी पिआरपी उपचार

कपाल झर्ने समस्यामा प्रभावकारी पिआरपी उपचार

‘प्लेटलेट रिच प्लाज्मा’ अर्थात पिआरपी उपचार कपाल झर्ने र कपाल पातलो हुने समस्यामा प्रयोग गरिने एक प्रकारको विशेष उपचार पद्दती हो । जुन निकै प्रभावकारी छ । यो उपचार महिला पुरुष दुबैमा गर्न सकिने भए पनि पुरुषहरुका लागि यो  अझ बढी प्रभावकारी देखिएको छ । पुरुषहरुमा हुने ‘एन्ड्रोजेनिक एलोपेसिया’ नामक हर्मोनका कारण कपाल झर्ने समस्या भइरहेको हुन्छ यो समस्यामा पिआरपी पद्दती बढी प्रभावकारी छ । यसको रिजल्ट पनि निकै राम्रो छ । त्यसैले होला हामीकहाँ महिला भन्दा बढी पुरुषहरु उपचार सेवा लिन आइरहनुभएको छ ।

पछिल्लो समय पुरुषहरुमा कपाल झर्ने समस्या निकै बढेको छ । पहिले पहिले पुरुषहरुमा ४० वर्षपछि कपाल झर्न शुरु हुन्थ्यो भने अहिले २० वर्षको उमेरदेखि नै कपाल झर्ने समस्या देखिएको छ । त्यसैले पनि बिना साइड इफेक्टको उपचार पिआरपीकाे मद्दतबाट कपाल झर्ने प्रक्रिया रोक्न मात्र हैन नयाँ कपाल उमार्न समेत सकिन्छ । समस्यासँगै प्रविधिको पनि विकास भएको छ । कपाल उमार्नका लागि महिनामा एकपटक पिआरपी गर्नु पर्ने हुन्छ । पहिलोपटक पिआरपीमा कपाल झर्न रोकिन्छ भने ३,४ पटक पिआरपी गरेपछि टाउकोमा नयाँ कपाल आउन शुरु हुन्छ । लगभग ३, ४ महिनामा नयाँ कपाल आउन शुरु गरिसकेको हुन्छ ।

कसरी गरिन्छ पिआरपी उपचार?
पिआरपी उपचारका लागि सर्वप्रथम बिरामीको रगत लिइन्छ । कति कपाल भरेको छ त्यसका आधारमा १० देखि २० एमएलसम्म रगत निकालिन्छ । निकालिएको रगतलाई ल्याबमा प्रशोधन गरिन्छ । रातो रगतबाट प्लाज्मा मात्र छुट्याउछौंं । त्यसमा प्लेटलेट कोषिका हुन्छ जसमा कपालको वृद्धि तथा छालाका लागि आवश्यक ग्रोथ फ्याक्टरहरु बढी हुन्छन्। कपाल उमार्नका लागि प्लाज्मा महत्वपूर्ण हुन्छ । यसले कपाल उमार्न मद्दत गर्छ । त्यसपछि जहाँ जहाँ कपाल झरेको छ त्यहाँ इन्जेक्सन दिने गरिन्छ । यसरी आफनै रगतबाट गरिने उपचार हो पिआरपी ।

पिआरपी उपचार झरेको कपाल उमार्न मात्र हैन अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । जस्तै: महिलाहरुमा चाउरीपना हटाउनका लागि, डण्डीफोरको दाग हटाउन, चायाँ पोतो हटाउन एवम अनुहारमा चमक ल्याउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यो नेचुरल उपचार पद्दती भएकाले उपचारका लागि डराउनु पर्दैन । यसमा कुनै पनि प्रकारको केमिकल हुँदैन जसले गर्दा साइड इफेकटको प्रश्न नै उठ्दैन । सुई लगाउँदा अलिअलि दुखे पनि यसले दिर्घकालिन केही असर गर्दैन । हालसम्म कसैले पनि कम्प्लेन गरेका छैनन्।

डा. प्रकृति ज्ञवाली
छाला रोग विशेषज्ञ, स्वस्ति लेजर एण्ड स्किन केयर, नक्साल काठमाडौं

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?